विकासका लागि सवै प्रतिनिधिहरु सक्रिय भएर लाग्नु पर्छः प्रधानमन्त्री ओली

गृह जिल्लामा प्रधानमन्त्रीलाई भ्याइनभ्याई 

0
1275

सुकुम्बासीको नाममा जथाभावी छाप्रा हाल्ने अवस्था नआउने

गृह जिल्लामा प्रधानमन्त्रीलाई भ्याइनभ्याई 

 बैशाख १८, २०७५/डिकेश लामा
झापा/ आफ्नो क्षेत्रका विकासका लागि सवै जिम्मेवार प्रतिनिधिहरुले सक्रिय भएर लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्र्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो ठाउँको विकासको सम्भावनालाई अध्ययन गरेर गुरुयोजना निर्माणमा जुट्न स्थानीय तहलाई निर्देश गर्नु भएको हो । मंगलबार चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको हलमा जिल्ला सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको काममा विवाद नगर्न आग्रह गर्नु भयो ।
विकास कार्यमा झापालाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा ओलीले जोड दिनु भयो । दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनु भएका ओलीले झापा उर्वर भूमि भएकोले विकास गर्न कुनै कठिनाई नरहेको टिप्पणी गर्नु भयो ।र विकासका कार्यमा जनप्रतिनिधिहरु विवाद र अल्पमलमा नपरी अगाडि बढ्नु पर्ने उहाँले पटक पटक दोहोर्याउनु भयो ।
प्रधानमन्त्री ओलीले धानसंगै सुपारी, आँप, मकै, सनपाट, लिचीको खेती समेत राम्रो हुने भएकोले झापा कृषिको आधुनिकीकरणको लागि अति उपयुक्त संभावित क्षेत्र भएको समेत बताउनु भयो । 

झापाको विभिन्न स्थानमा संचालनमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानसंगै अन्य बालीको पनि सुपर जोन घोषणा गरिने बताउनु भयो ।
‘सुकुम्बासीको नाममा अब, जथासुकै घर बनाउने, छाप्रो हाल्ने काम गर्न पाइदैन’ प्रधानमन्त्री ओलीले भने,‘अब सरकार, सुकुम्बासीका लागि व्यवस्थित बस्ती तथा सबै नागरिकका लागि आधुनिक सहर निर्माणमा जुट्दै छ ।’ ओलीले जिल्लामा अन्तर्रा्ष्ट्रिय स्तरको रंगशाला निर्माणको काम अघि बढाउन नदिएकोप्रति आक्रोश समेत व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले कमल गाउँपालिकास्थित लखनपुरमा अन्तर्रा्ष्ट्रिय स्तरको रंगशाला बनाउन चाहेपनि विवाद झिकेर उक्त कार्य अघि बढाउन नदिएकोमा दुख लागेको बताउनु भयो ।
प्रधानमन्त्री ओली आज विभिन्न सात वटा औपचारिक कार्यक्रममा सहभागी हुनु भएको छ । उनले जिल्ला सभा उद्घाटन तथा सम्बोधन, चारपाने–राजगढ सडक शिलान्यास, लक्ष्मीपुर–साधुटार सडक उद्घाटन, अर्जुनधारा नगरपालिका १ सिस्नेमा विरिङ नदीको पुल शिलान्यास, पाडाँजुगी–खजुरगाछी सडक शिलान्यास तथा अमलडाँगी–समयगढ सडक शिलान्यास गर्नु भएको छ । प्रधानमन्त्री ओलीको साथमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेट सहित अन्य उच्च प्रतिनिधिहरुको टोली समेतको उपस्थिति रहेको छ । २ दिने कार्यक्रममा गृह जिल्ला झापामा प्रधानमन्त्रीलाई आज मंगलबार आएको उहाँको प्रेस संयोजक चेतन अधिकारीले बताउनु भयो । प्रधानमन्त्री ओलीको सुरक्षामा सेना, शसस्त्र प्रहरी र प्रहरीहरुको ठूलो संख्या परिचालन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here