सदगुरु सत्पलजी महाराजको ६३औँ जन्म जयन्ती फोर्ट वोर्थ टेक्सस्मा

0
1573
Manav14
Universal Manav Dharam Texas

डाल्लास; सेप्टेम्बर २७, २०१४ ।
गत मिती ०९-२१-२०१४, आईतबारको दिन, युनिभर्सल मानव धरम टेक्सस्को आयोजनामा श्री सत्पलजी महाराजको ६३औँ जन्म जयन्ती फोर्ट वोर्थ टेक्सस्मा भव्यताको साथ सम्पन्न भएको छ । युनिभर्सल मानव धरम यु. एस. का केन्द्रिय अध्यक्ष गार्गी बाईजी श्रीमती शान्तिलाल पटेलजीको सत्सङ तथा प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा टेक्सस्का विभिन्न शहरहरुबाट पाल्नु भएका प्रेमी भक्तजनहरुको बृहत सहभागिता रहेको थियो ।

 

युनिभर्सल मानव धरम टेक्सस फोर्ट वोर्थका अध्यक्ष राजन गज्मेर र उपाध्यक्ष मदन सिन्चुरीको संयोजनमा रहेको उक्त कार्यक्रम तारा मान सिन्चुरीले संचालन गरेका थिए । प्रेमी बि. बि. सिन्चुरीले स्वागत मन्तव्य द्वारा औपचारिक रुपमा स्वागत गरिएको उक्त समारोहमा विभिन्न छेत्रबाट पाल्नु भएको अतिथीहरुको राम्रै उपस्थिती देखिन्थियो । युनिभर्सल मानव धरम टेक्सस हुस्टनका अध्यक्ष राम सुन्दस, साखा सचिव राम बिस्व, टेक्सस्का युवा पत्रकार तथा भुटनिस लेगेसी युवा क्लबका उपाध्यक्ष ए. के. राना साम्पाङ्, भुटनिस लेगेसी युवा क्लबका संयोजक मनिश राई, ग्रान्ड प्रेरीबाट प्रेमी जनक सुबेदी, डाल्लासबाट प्रेमी बिमला वाग्ले, अर्विङ टेक्सस्बाट मल्ला लामिछने, डाल्लस शहरबाट मिना भट्टराई र बुनु सुबेदी लगायतका अतिथीहरुले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए ।

भजन मन्डलीमा रहेका टेक दुधराज, सुदिप गुरुङ्, नन्दु दुधराज लगायत सम्पुर्ण भाजन प्रस्तुताहरु द्वारा मानव धर्मका प्रणेता श्री सदगुरु देव महाराजजीको ६३औँ जन्म जयन्ती भावपुर्ण गुन्जयमान र संगितमय पारिएको थियो मानौँ हामी कोही प्रिय गुरुको जन्म दिवस होईन ईश्वरकै बृहत पुजा गरिरहेका थियौँ । सुमिरण, अतिथी सेवा, स्वागतम्, सत्सङ्, भजन कृतन, जन्म जयन्ती विशेष समरोह, आरती अनि गुरु प्रसादी लगायत बिभिन्न कार्यक्रमहरुले उक्त शुभ कार्य बिधी पुर्वक सम्पन्न भएको उपस्थित सहभागीहरुलाई महसुस भईरहेको देखिन्थियो ।

गत मिती ०९-२०-२०१४मा गार्गी बाईजी शान्तिलाल पटेल जीको अध्यक्षमा बसेको युनिभर्सल मानव धरम टेक्सस्को बैठकमा पारित भए अनुसार आउदो वर्ष भित्र टेक्सस वासी भक्तजनहरुको लागी डाल्लस फोर्ट वोर्थ छेत्रमा एक आश्रम खडा गरिनेछ भनी कार्यक्रम संचालक तारा मान सिन्चुरीले उक्त कार्यक्रममा सर्वजनिक जानकारी गराउनु भयो । कार्यक्रममा जनाए अनुसार सन २०१५मा मानव धर्मका प्रणेता श्री सदगुरु देव महाराजजीको टेक्सस्मा प्रत्यक्ष उपस्थिती हुने तय भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here