अन्तराष्ट्रिय स्तरको कराते खेल खेल्न भूटानी शरणार्थी खेलाडी भारत प्रस्थान (भिडियो सहित )

५ दर्जन भन्दा धेरै अहिलेसम्म अन्तराष्ट्रिय स्तरको गोल्ड मेडल जित्न सफल

0
2831

५ दर्जन भन्दा धेरै अहिलेसम्म अन्तराष्ट्रिय स्तरको गोल्ड मेडल जित्न सफल


बैशाख १२ गते/डिकेश लामा
दमक/भूटानी शरणार्थी खेलाडीहरु आज अन्तराष्ट्रिय स्तरको खेल खेल्न भारत तर्फ प्रस्थान गरेका छन् । भूटान कराते एशोसिनको औपचारिक विदाई कार्यक्रम पछि आज ५ सदस्यीय टोली टुर्नामेन्टमा सहभागी हुन गएका हुन् ।
नेपाल सरकार प्रतिनिधि शिविर सुपरिवेक्षक सुरेन्द्रप्रसाद दाहालले विदाई तथा शुभकामना कार्यक्रममा आर्थिक अभावकाबीच पनि भूटानी शरणार्थी खेलाडीले भूटानको नाम उच्च राख्न ठूलो योगदान दिएको बताउनु भयो । खेलाडीको विदाई तथा शुभकामना कार्यक्रममा दमक सितोरियो कराते फेडेरेशनका कोचहरु रेश्मा लिम्बु, आषिश राई, भूटान कराते एशोयिशनका अध्यक्ष नरबहादुर गुरुङ्ग, शिविरका सामाजिक अगुवा रोहित महत लगायत अन्य खेलाडीले खादा र अविर पहिरन गरी शुभकामना दिएका छन् ।
आगामी २८ र २९ तारिखमा भारतको राजस्थानमा हुने अन्तराष्ट्रिय स्तरको इमास एशियन ओपन कुमुते च्याम्पियनशीप टुर्नामेन्टमा भूटानको तर्फबाट सहभागी हुन ४ जना खेलाडी र कोचको टीम वेलडाँगी शिविरबाट भारत तर्फ लागेका छन् । कराते प्रतिष्पर्धामा सहभागी हुन आर्यन क्षेत्री २५ केजी, एडी गिरी ३० केजी, लियो गुरुङ्ग ५५ केजी र दिपेश राई ६५ केजीमा प्रतिष्पर्धा गर्ने टोलीमा सहभागी कोच डम्बर मुखियाले बताउनु भयो । खेलमा नेपाल, भूटान, भारत, श्रीलंका, पाकिस्तान, इरान, साउदी र बंगालादेशको सहभागिता हुने बताइएको छ । 

यस अघि भूटान कराते एशोशियनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताबाट पहिलो दोस्रो र तेस्रो स्थान प्राप्त गर्दै ४ दर्जन हाराहारीमा स्वर्ण पदक प्राप्त गरिसकेको करातेका कोचर मुखियाले जानकारी दिनु भयो ।

 

 

 

See live video by Globalpost

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here