शरणार्थी समस्या राख्न उच्च टोली काठमाण्डौं प्रस्थान

५ बूँदे माग सहितको प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने

0
1869

५ बूँदे माग सहितको प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने

९ बैशाख, २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी समस्या समाधानका लागि प्रधानमन्त्री सहित जिम्मेवार व्यक्ति तथा निकायमा माग सम्बोधन गराउँनका लागि शिविर व्यवस्थापन समितिको उच्च टोली आज काठमाण्डौं प्रस्थान गरेको छ ।
विगत २६ बर्ष देखि सम्बोधन हुन नसकेको शरणार्थी समस्या समाधानका लागि माग गर्न शिविर व्यवथापन समितिको उच्च टोली आज शरणार्थी शिविरबाट काठमाण्डौं प्रस्थान गरेको हो । शिविर व्यवस्थापन समिति बेलडाँगीका शिविर सचीव टिकाराम रसाइली, पथरी शनिश्चरे शिविरका सचीव चम्पासिंह राई, पूर्व सचीव तथा शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज राई लगायतका टोली काठमाण्डौं प्रस्थान गरेका छन् । दिर्घकालिनरुपमा शरणार्थी समस्या समाधानका लागि स्वदेश फिर्ती, इच्छुक शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास, स्थानीयकरण, अन्तराष्ट्रियकरण र दर्ताबाट बन्चित बनेका शरणार्थीहरुका लागि दर्ता प्रकृया लगायतका ५ बूँदे माग सहितको ज्ञापन पत्र बोकेर टोली काठमाण्डौं लागेको टोलीमा सहभागी शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो ।
लामो समय देखि समाधानको पर्खाइमा बसेका भूटानी शरणार्थीहरुलाई लामो समय पछि निर्माण भएको नयाँ तथा स्थायी सरकारले शरणार्थीको समस्या अव चाँही सुनवाई गर्छ भन्ने विश्वासका साथ टोली काठमाण्डौं लागेको बताइएको छ । टोलीले प्रधानमन्त्री केपी ओली, राजनैतिक दलका शीर्ष नेतृत्व, पराराष्ट्र, गृह लगायतका जिम्मेवार मन्त्रालयमा ज्ञापन पत्र बुझाउने टोलीमा सहभागी युवराज राईले बताउनु भयो । टोली आफूहरुको मागलाई जिम्मेवार निकाय र नेतृत्वलाई भेट गरे पछि फर्कने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here