दोस्रो नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा “देश खोज्दै जाँदा” स्क्रिनिङ हुने

0
2395

Post Report: April 21, Kathmandu.
यही मे १८–२० सम्म अमेरिकाको मेरिल्याण्डमा हुन गइरहेको दोस्रो नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र देश खोज्दै जाँदा आधिकारिक छनौटसँगै महोत्सवको क्लोजिङमा स्क्रिनिङ हुने भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको क्लोजिङ ए. एफ. आइ. सिल्भर एण्ड कल्चर सेन्टर, अमेरिकन फिल्म इन्स्टिच्युट, मेरिल्याण्ड ह्यासभिलमा सम्पन्न हुने छ ।

भर्खरै नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा बेस्ट नेसन फिचर फिल्मको फेवा अवार्ड समेत जितेको चलचित्र साहित्यकार तथा रङगकर्मी प्रकाश आङदेम्बेको कथा निर्देशनमा तयार भएको हो । चलचत्रि देश खोज्दै जाँदाले दुइ दशकसम्म नेपालमा शरणार्थी जीवन जीउन वाध्य नेपालीभाषी भूटानी शिविरको यथार्थ भोगाइ पस्केको छ । दादा साहेव फाल्के अन्तराष्ट्रिय फिल्म फेस्टिभल इन्डिया, मस्र्टडसिड अन्तराष्ट्रिय फिल्म फेस्टिभल अमेरिका, सिल्क स्क्रिन अन्तराष्ट्रिय फिल्म फेस्टिभल अमेरिका, ह्युमन राइटस इन्टरनेश्नल फिल्म फेस्टिभल नेपाल आदिमा उपस्थिति जनाइ सकेको छ । विश्वमा बढदो शरणार्थी समस्या र समाधान विषयक बहसका लागि अष्ट्रेलिया, अमेरिका, नेदरल्याण्ड, डेनमार्क, जर्मनी, न्युजिल्याण्ड, क्यानडाका केही युनिभर्सिटीहरुमा स्क्रिनिङ भएको छ ।

उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाँकन, मनोरन्जन श्रेष्ठको सम्पादन, मोहित मुनालको पाश्र्व ध्वनी, श्रवण मुकारुङको गीत, आभासको संगीत, स्वरुपराज आचार्यको स्वर, प्रह्लाद गुरुङको कला निर्देशन रहेको चलचित्रमा हेमन्त बुढाथोकी, बाबुबोगटी, मिना कोइराला, ओवेत साम्पाङ, तिव्वत राई, सरिता ओली आदिको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here