खोलाको एक छेऊमा मात्र पुल, पुल भन्दा धेरै खोलाको भाग (भिडियो रिपोर्ट सहित)

पुलको उपभोग गर्न अर्को बजेटको आशा

0
1389

पुलको उपभोग गर्न अर्को बजेटको आशा

 ९  बैशाख २०७४/ डिकेश लामा 
दमक/ बर्षो देखि पुल नहुँदा खोलाको समस्या भोगिरहेका नागरिकहरुले पुल निर्माण पछि पनि पुलको उपभोग गर्न पाएका छैनन् । खोलाको एक छेऊमा मात्र पुल बने पछि दमक १० सेतुमारीको मावा खोलामा निर्माण गरिएको पुल प्रयोगमा आउन नसकेको हो ।
पूर्वपश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण गरिएको पुल प्रयोेगविहीन बन्दा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति झापाको चार करोड २१ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको छ । ५ सय मिटर भन्दा धेरै खोलाको भाग भएको स्थानमा ७५.४५ मीटर लम्बाइको मात्र पुल बनेको छ । ५.४५ मीटर चौडाइरहेको पुल निर्माण कार्य काठमाडौंको बीटी निर्माण सेवाले निर्माण कार्य सम्पन्न गरेको छ । सम्झौताअनुसार ०७१ असोजबाट निर्माण सुरु गरी ०७३ चैतमा पुल निर्माण सम्पन्न गरेको निर्माण कम्पनीले जानकारी दिएको छ । 

पुल बनेको एक बर्ष नाघी सक्दा पनि प्रयोगमा आउन नसक्दा स्थानीय बासिन्दा अझै हैरानीमा रहेका छन् । खोलामा बाढी आउँदा पुलबाट तरेर जान नमिल्ने भयो । करिव ४ भाग खोलामा १ भागमा मात्र बनको पुल उपभोग गर्नै नमिल्ने भएको स्थानीय बासिन्दा मिनकुमारी धिमाल बताउनु हुन्छ ।
खोलामा बन्ने पुलले समस्या समाधान नहोला भन्ने थाहा हुँदा हुँदै पनि आएको योजना फिर्ता होला भन्ने डरले परेको योजना सम्पन्न गरेको दमक वडा नं. १० का वडा अध्यक्ष बोधराज न्यौपानेले बताउनु भयो । बनिएको पुललाई प्रयोगमा ल्याउन पुन अर्को बजेटको माग गरिएको समेत वडा अध्यक्ष न्यौपानेले बताउनु भयो ।
यता त्यो पुल बाहेक दमकमा निर्माधीन अवस्थामा आएका अन्य पुलको पनि अवस्था त्यस्तै त हुने होइन भन्ने कुराले नागरिकलाई चिन्तित बनाएको छ । दमक नगरसँग जोडिएर मात्र गत बर्ष २०७२, २०७३ र २०७४ मा गरी ५ वटा पुलहरु निर्माण कार्य अगाडि बढिसकेको छ । दिर्घकालिन विकास योजनाका मुख्य आधार पुल निर्माणमा सवैको ध्यान र चासो जान आवश्यक रहेको छ ।

See report by GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here