१ डलर सहयोग संकलन अभियान शुरु सवैलाई सहभागी हुन आग्रह (भिडियो स्टोरी सहित)

जोखिमा परेका भूटानी शरणार्थी बृद्धबद्धा र बालबालिकालाई सहयोग गरिने

0
4509

जोखिमा परेका भूटानी शरणार्थी बृद्धबद्धा र बालबालिकालाई सहयोग गरिने

 
४ बैशाख,२०७५/डिकेश लामा
दमक झापा तथा जोखिममा परेका भूटानी शरणार्थी बृद्धबृद्धा तथा बालबालिकालाई सहयोग गर्ने उद्देश्यले तेस्रो मुलुकमा पुर्नवासमा भएका भूटानीहरुबाट १ डलर सहयोग संकलन अभियान शुरु भएको छ ।
पछिल्लो समय भूटानी शरणार्थीहरु तेस्रो मुलुक जानेक्रमसँगै शिविरमा एक्लिएका बृद्धबृद्धा र बालबालिकाहरुको अवस्था नाजुक बने पछि यो अभियान शुरु गरिएको हो । शरणाथीहरुलाई रेखदेख गर्दै आएको दातृ निकायले दिँदै आएको राहत तथा सेवा सुविधा समेत कटौती हुन थाले पछि संकटमा परेका बृद्धबृद्धाहरु कतिपय विजोग भएर मर्नु परेको अवस्था आएको छ । करिव १ दर्जन हाराहारीमा एक्लिएर मर्ने संख्या पुग्दा शरणार्थी शिविरमा रहेका अगुवाहरुले चन्दा संकलन गरेर उपचार तथा काजक्रिया गर्नु परे पछि शरणार्थी अगुवाहरुको छलफलले अक्षयकोष निर्माणका लागि अभियान शुरु गरिएको पूर्व सचीव तथा फेन्स क्वल भूटानका अध्यक्ष युवराज राईले बताउनु भयो । 

राईका अनुसार अहिले जोखिममा परेका बृद्धबृद्धाको संख्या २ सय भन्दा धेरै र १ सय ५० हाराहारीमा बालबालिकाहरु रहेको बताउनु भयो । पूर्नवास भईसकेका १ लाख बढी भूटानीहरुले १ डलर मात्र सहयोग गरे पनि जोखिममा परेका बृद्धबृद्धा तथा बालबालिकाको हितमा ठूलो सहयोग पुग्ने देखिएकोले सामाजिक अगुवाहरुको निर्णयमा यो कार्यको थालनी गरिएको वेलडाँगी शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो ।
शिविरमा अति जोखिममा परेका बृद्धबृद्धाको अनुगमन गराउँदै संचारकर्मीसँगको कुराकानीमा पथरी शनिश्चरे शिविरका सचीव चम्पासिंह राईले यो अभियानमा शरणार्थी शिविरमा जोखिममा परेका बृद्धबृद्धा र बालबालिकालाई आफ्नै बुवा आमा र छोराछोरी सम्झेर सहयोग गर्न आग्रह गर्नु भयो ।
यो अभियानमा अमेरिकामा रहेका हिमालयन फेस्टिवल, ओविसीए, इन्ट्रा नेशनल होम केयर, जी फण्ड लगायतका संस्थाहरुले पूनर्वास भएका नेपाली भाषी भूटानीहरुमा सहयोग गर्न अभियान शुरु गरिएको सामाजिक अगुवा युवराज राईले बताउनु भयो । राईका अनुसार अमेरिका, अष्ट्रेलिया लगायतका देशमा केही सहयोग समेत जुट्न थालेको बताउनु भयो । अभियानबाट संकलित रकम ट्रष्ट स्थापना गरी सोही मार्फत संचालन गर्ने कार्य अगाडि बढाइएको बताइएको छ ।
अक्षयकोषका लागि शिविर सचीवहरु आफैले पनि ५÷५ हजार नगद जम्मा गरिसकेको बताउनु भयो । यस अभियानका लागि शिविर व्यवस्थापन समिति, भूटानी शरणार्थी अपाङ्ग संघ, भूटानी बाल मञ्च, महिला मञ्च, युवा मैत्री केन्द्र लगायतको रेखदेखमा रहने गरी ट्रष्ट खडा गरी अक्षय कोष स्थापना गरिने बताइएको छ ।

See live video story By GlobalPost TV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here