माता तीर्थमा १ सय बर्ष माथिका ६ जनालाई सम्मान

0
1946

बैशाख ३, २०७५/डिकेश लामा  
दमक/ माता तिर्थ औंशीको अवसरमा आज झापाको दमक नगर पालिकाले १ सय देखि १ सय १३ बर्षसम्मका ६ जना मातालाई घरघरमा गएर सम्मान गरेको छ । 

दमक नगर पालिका भित्र रहनु भएका १ सय बर्ष नाघेका जम्मा ६ जना विभिन्न वडाका माताहरुलाई घरघरमा गएर सम्मान हो । दमक नगर पालिकाका मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी, सम्बन्धीत वडाका अध्यक्ष, सदस्य, नगर पालिकाका कर्मचारी, संचारकर्मी लगायतको टाली सहित नगरका अति बृद्धा आमाहरुको घरमा गएर सम्मान कार्यक्रम गरिएको छ । नगरले दमक नगर पालिका वडा नं. ५ का १०० बर्षीय नैनकला सापकोटा, वडा नं. १० का १ सय बर्षीय मनमाया प्रसाई, १ सय २ बर्षीय सावित्री देवी विष्ट, वडा नं. ८ का १ सय ५ बर्षीय नन्दकुमारी अधिकरी र दमक १० का सवै भन्दा जेष्ठ १ सय १३ बर्षकी मायादेवी राईलाई दोसल्ला, सम्मान पत्र, फलफुल र नगद १ हजार प्रदान गरेर सम्मान गरिएको दमक नगर पालिकाकी उपमेयर गीता अधिकारीले बताउनु भयो । पहिलो पटक सम्मान ग्रहण गर्नु भएकी १ सय बर्षकी सापकोटाले घरमै आएर नगरले यसरी सम्मान गर्दा अति खुशी भएको बताउनु भयो । 

दमक नगर पालिकामा आर्थिक बर्ष २०७४/०७५ मा जेष्ठ नागरिक भत्ता लिने बृद्धबृद्धाहरुको संख्या २ हजार ८ सय २४ जना रहेको दमक नगर पालिकाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here