अमेरिका टेक्सासमा धार्मिक एकदिने भजन मेला सम्पन्न

0
1477
तस्बिर: पातलो अन्तरे

Post Report: 15 April, Fort Worth
आफ्नो धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्धन हेतु नव वर्षको सुअवसर पारेर डल्लास-फोर्ट वोर्थ भूटानी ओमकार परिवारद्वारा डल्लास-फोर्ट वोर्थ हिन्दु मन्दिर समाज, एकता मन्दिरको प्रमूख सहयोग र सहकार्यमा प्रतियोगितात्मक एकदिने भजन कार्यक्रम, हिजो शनिबार १४ अप्रिलको दिन केशब सुबेदीको सभापतित्वमा इर्विंग टेक्सास हिन्दु एकता मन्दिर परिसरमा सम्पन्न भएको छ |

पन्चकन्याद्वारा कलश यात्रा हुदै गुरु भागवत निरौलाको प्राथना साथमा गुरु तुंगनाथ उपाध्यायको सहयोगमा आरती धुनबाट बिहान दिनको ठिक १० बजे कार्यक्रमको समउद्घाटन भएको थियो | बौद्धिक सनातन भजन मण्डली डल्लास, बौद्धिक सनातन भजन मण्डली वाटौगा, केल्लर भजन मण्डली, ओमकार भजन मण्डली फोर्ट वोर्थ गरि भजन प्रतियोगिताको निम्ति जम्म चार समूह सहभागी मध्ये बौद्धिक सनातन भजन मण्डली डल्लास प्रथम भएका छन् भने बौद्धिक सनातन भजन मण्डली वाटौगा दोश्रो, केल्लर भजन मण्डली तेश्रो स्थानमा ओगट्न सफल भएका छन् जसमा वरिष्ट गायक प्रताप सुब्बा, तारा महाराज र संगीत गुरु तुंगनाथ उपाध्याय निर्णायकको भूमिका रहनुभएको थियो |

आयोजक समितिका सक्रिय सदश्य श्री खडा भण्डारीले हामीसँगको प्रतेक्ष सम्पर्कमा, डल्लास-फोर्ट वोर्थ भूटानी ओमकार परिवारद्वारा यस किसिमको कार्यक्रम पहिलोपटक आयोजित भए पनि समुदयबाट उल्लेखनीय साथ र समर्थन प्राप्त भएको तथ्य ब्यक्त गरे |

भजन प्रतियोता अलावा नृत्य प्रस्तुति(नेहा र स्नेह काफ्ले), समुदय भित्रका बालबालिकाहरूबाट भगवत गीता वचन, भूटानी समुदायको प्रतिष्ठित गायकलाई प्रसंसा पत्र, बालबालिकालाई ट्रॉफी वितरण जस्ता केही रोचक तथा महत्वपूर्ण कार्यक्रमहरू पनि उक्त कार्यक्रममा समावेश गरिएको थियो | यसैगरी, स्वामी यातिन्द्रजी महाराजद्वारा नैतिक प्रवचन, बैधिक सुधा भजन समिति र श्री गणेश भजन मण्डलीबाट प्रस्तुत भएको भजन पनि स्मरणीय थियो |

नर दाहाल, गणेश कार्की, केशव सुबेदी, चन्द्र बनडर, गोविन्द तिम्सिना, सुदिप गुरुङ, पातलो अन्तरे लगायत अन्य व्यक्तित्वहरू आयोजक समितिमा रहनुभएको थियो भने औपचारिक आसन ग्रहण पश्चात  पातलो अन्तरेले स्वागत मन्तब्य राखेका थिए |

जाति, धर्म र संस्कृतिको विकास, संरक्षण र प्रवद्धनको निम्ति यस प्रकारको पहल कदमिलाई महत्वपूर्ण मान्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here