चुलाचुली गाऊँ पालिकामा बम विष्फोट

विष्फोटबारे केही खुलेको छैन

0
1354

विष्फोटबारे केही खुलेको छैन

डिकेश लामा बैशाख २, गते २०७५
दमक/ नयाँ बर्षको अवसरमा विभिन्न स्थानमा आ–आफ्नै तवरले कार्यक्रम भईरहेको वेला इलामको चुलाचुली गाऊँ पालिकाको कार्यलयमा भने शनिबार राती बम विष्फोट भएको छ । राती करिव सवा ८ बजे तिर बम विष्फोट भएको पेल्टीमारीका प्रहरी नायव निरीक्षक देवराज केसीले बताउनु भयो ।
चुलाुचली वडा नं. २ मा रहेको कार्यालयको निर्माणधिन माथिल्लो तलामा कुकर बम राखेर विष्फोट गराएको केसीले बताउनु भयो । बम विष्फोट गराएको कुकरको टुक्राटुक्री र सामानहरु समेत प्रहरीले संकलन गरेको बताइएको छ । विष्फोटबाट कार्यालयको निर्माधिन सभाहलका ८ मध्ये ६ वटा झ्यालमा क्षति पुगेको छ । विष्फोटबाट भवनको तलामा प्वाल समेत परेको छ । विष्फोटबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्राविधिक कक्ष र लेखा कक्ष समेतमा क्षति पुगेको छ । १४ लाख बजेटमा निर्माण भईरहेको कार्यलयको थप तला निर्माणको ९० प्रतिसत काम भईसकेको भवनमा विष्फोट भए पछि जिप्सन, सीसा, डोम लाईट, वायरिङ्ग सवै भत्किएका छन् । 

यस विषयमा गाऊँ पालिका अध्यक्ष प्रदिप चन्द्र राईले कसले केका लागि बम विष्फोट गराएको भन्ने विषयमा केही पनि खुल्न नसकेको बताउनु भयो । राईले यो घटनाले भौतिकरुपको क्षति भन्दा पनि चुलाचुलीबासीमा नराम्रो अवस्था सृजना भएको बताउनु भयो । निर्वाचन पछि चुलाचुली गाऊँ पालिकामा भएको घटनाको सत्य तथ्य पत्ता लगाउँन जिल्लासँग समन्वय भई अगाडि बढी सकेको समेत राईले बताउनु भयो । गाऊँ पालिका उपाध्यक्ष निर्मला दाहालका अनुसार ३ महिना अघि विप्लप माओवादीका दुई जना कार्यकर्ता आएर बन क्षेत्र र वडा नं. १ मा भ्रष्टचार भईरहेको भन्दै रोक्न आग्रह गरेको सुनाउनु भयो । 
बम पड्कदा कार्यालय नजिक रहेका घरहरुमा समेत कम्पन्न भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । कसले बम विष्फोट गरायो भन्ने विषयमा अझै पनि केही खुल्न छैन । विफोष्टको घटनाले चुलाचुलीबासीमा त्रास भने बढेको स्थानीयहरुले बताएका छन् । घटना स्थलको अवस्थाबारे जानकारी लिन आज इलाम जिल्लाको प्रहरी टोली, स्थानीय क्षेत्रका राजनैतिक र सामाजिक अगुवाहरुको उपस्तिथि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here