अझै भूँईमा सुत्न बाध्य छन् नयाँ बस्तीका बाढी पीडितहरु

१ बर्ष वित्न लाग्दा समेत बनिएन ओत लाग्ने घर

0
2267

१ बर्ष वित्न लाग्दा समेत बनिएन ओत लाग्ने घर

डिकेश लामा
बैशाख १, २०७५
झापा/झापाको कमल गाऊँ पालिका वडा नं. २ नयाँ बस्तीका बाढी पीडितहरुको अझै पुनस्थपना हुन नसक्दा भूँईमा ओछ्यान लगाएर सुन्त बाध्य रहेका छन् । नयाँ बस्ती क्षेत्रका १२ घर परिवारहरु अझै पनि घर अभावका कारण प्लाष्टिक, बाँस र टिनले बारेको छाप्रामा कतिपय भूँइमा ओछ्यान लगाएर सुत्न बाध्य हुन परेको हो ।
छाप्रामा कष्टकर जिवन विताउँन बाध्य बाढी पीडितलाई केही संस्थाहरुले सहयोग गरे पनि अझै आर्थिक अभावका कारण घर निर्माण हुन नसकेको स्थानीय बासिन्दा यज्ञ भूजेलले बताए । भूजेलका अनुसार कतिपय परिवारका सदस्यहरु भूँइको चिसोका कारण विरामी समेत हुने गरेका छन् ।
स्थानीय रत्नमाया सुब्बाका अनुसार १२ घर परिवारको घर बगाए पछि केही संस्था तथा गाऊँ पालिकाले सहयोग गरेको रकमले मात्र घर बनाउँन नसकेको बताइएको छ । सुब्बाका अनुसार अरु सहयोग नमिलेसम्म घर बनाउँन निक्कै समस्या पर्ने समेत बताउनु भयो । 

खोलाले बगाएको क्षेत्रमा ८ लाख रुपँयाको बजेटमा माटोले पुरेर बस्ती बनाउँन योग्य बनाउँन गाऊँ पालिकाले सहयोग गरेको सोही वडाका वडाध्यक्ष तारा नेऊपानेले जानकारी दिए । बाढी पीडितलाई घर तथा चर्पी निर्माणका लागि विश्व लुथरन फेडरेशन मार्फत लुथरन सामुदायिक कल्याण समाजले प्रति परिवार २३ हजार नगद, ७५ हजार लगानीमा उच्च धारा निर्माण र खोला कटान रोक्न १ लाख रुपयाँको बजेटमा बोराको बाँध निर्माणमा सहयोग गरेको लुथरन सामुदायिक कल्याण समाजका कार्यक्रम अधिकृत गणेश मुर्मुले जानकारी दिए ।
कमल गाऊँ पालिकाका अन्य क्षेत्रका बाढी पीडितहरु पुनस्थापित भई आ–आफ्ना घरमा बसिसकेको अवस्थामा उनीहरु भने भूँईमा ओछ्यान लगाएर सुत्न बाध्य हुनु परेको छ । घर निर्माणका लागि क्रिश्चियन सोसाईटीले समेत व्लक लगायतका निर्माण सामाग्री सहयोग गरेको छ । सवै तिरको सहयोग जुट्दा पनि अझै घरको चर र पिलरमात्र उठाइएको छ । निर्माणधिन घर कहिले बन्ला र बसुँला भनेर आर्थिक अभावमा रहेका नयाँ बस्तीका बासिन्दालाई पुनस्थपना गराउँन सहयोगी संस्था तथा गाऊँ पालिकाले थप सहयोग गर्नु पर्ने स्थानीय बासिन्दाको भनाई रहेको छ ।

See live video story by Globalpost

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here