दमकको एकमात्र सामुदायिक हंसे दुम्से बनको चुनाव सम्पन्न

अध्यक्षमा पुन दाहाल चयन 

0
1312

अध्यक्षमा पुन दाहाल चयन 


चैत्र ३० गते दमक/ झापाको दमकमा रहेको एकमात्र सामुदायिक बन हंसे दुम्से बनको निर्वाचन आज सम्पन्न भएको छ ।
आज भएको उपाध्यक्ष, सचीव र २ वटा व्लकको निर्वाचनले पूर्ण कार्य समिति सदस्य निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । अन्य पद र कोटामा भने हिजै निर्विरोधरुपमा पदाधिकारीहरु चयन भईसकेका थिए । 
निर्वाचन र सर्वसम्मतिका आधारमा बनको अध्यक्षमा हिमालय प्रसाद दाहाल, उपाध्यक्षमा नैनबहादुर भण्डारी, सचीवमा डिल्लिमाया पाठक, सहसचीवमा सोमनाथ ढुङ्गाना, कोषाध्यक्षमा नारायणप्रसाद बराल निर्वाचित हुनु भएको हो । यस्तै सदस्यहरुमा ब्लक नम्बर १ देखि ७ सम्म क्रमश हरि प्रसाद न्यौपाने रुद्र कार्की, शेरबहादुर बस्नेत, गंगाप्रसाद दुलाल, शुशिला अधिकारी, जानुका विष्ट, हिमादेवी श्रेष्ठ, डिगबहादुर धिमाल, पवन अधिकारी, तारामान भूजेल, तारा गौतम्, गायत्री बस्नेत, विरेन्द्र पोख्रेल, सरणकुमारी कार्की, रतन धिमाल, मालती गिरी र दलि

त महिला कोटामा चन्द्रकला कार्की डोली, आदिबासी जनजाति कोटामा देवीमाय आङ्देम्बे, शान्ता कुमारी वनेम र खुल्ला महिलामा कृष्णमाया थापा निर्वा

चन तथा सर्वसम्मतिका आधारमा चयन भएका छन् ।
बनको नव निर्वाचित कार्य समितिको पहिलो बैठक आगामी आइतबार बस्ने तय समेत भएको बन कार्यालयका लेखा कर्मचारी भोजकुमार भण्डारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here