२५ बर्ष देखि संचालनमा आएको विधालय बन्द हुँदा धेरैको आँखा रसाए

बेलडाँगी शिविर सचीव स्टेजमै भक्कानिए

0
5007

बेलडाँगी शिविर सचीव स्टेजमै भक्कानिए

 
चैत्र ३० गते दमक/ झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालित त्रिरत्न माविको कक्षा आज देखि औपचारिक रुपमा बन्द गरिएको छ । भूटानी शरणार्थीहरुको संख्या घटेसँगै दातृ निकायको सहयोग प्रयाप्त नभएकोले माध्यामिक तहको शिक्षा शरणार्थी शिविरमा आज औपचारिक कार्यक्रम गरी बन्द गरिएको घोषणा गरिएको हो ।

   आज भन्दा २५ बर्ष अघि स्थापित सो विधालयले मात्र १६ हजार भन्दा धेरै विधार्थीलाई माध्यमिक तह शिक्षा उतीर्ण गराएको शरणार्थीलाई शिक्षा क्षेत्रमा रेखदेख गर्दै आएको संस्था क्यारिटस नेपालका शिक्षा व्यवस्थापक एलएन पोख्रेलले बताउनु भयो । यस बर्षको व्याजमा सो विधालयबाट ५७ सहित पथरी शनिश्चरे शिविरको न्यू होराईजन गरी ७० जना विधार्थीले एसइइ परीक्षा दिएको बताइएको छ ।

     विगत २५ बर्ष देखि संचालनमा आएको विधालय र आफूले पनि त्यही विधालयबाट एसएलसी गर्नु भएका शिविर सचीव टिकाराम रसाईलीले विधालय बन्द गर्नु पर्दा ठूलो पीडा भएको बताउनु भयो । कार्यक्रममा बोल्दै सचीव रसाईलीले भक्कानिएर आँशु समेत झार्नु भयो । विधालय बन्द गर्नु पर्दा अधिकाशं अतिथि विधार्थीहरुको आँखा रसाएका थिए । रसाइलीले जहाँ गए पनि आफूहरु नेपाली भाषी भूटानी भएकोले सो पहिचानलाई नभुल्न विधार्थीलाई आग्रह समेत गर्नु भयो । कार्यक्रममा शरणार्थीलाई रेखदेख गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय यूएनएचसीआरका कार्यक्रम अफिसर आत्स्को वातानावेले विधालय बन्द गर्नु पर्दा आफूहरुलाई समेत नराम्रो लागेको बताउनु भयो । कार्यक्रममा भूटानी शरणार्थीलाई २५ बर्ष देखि शिक्षा क्षेत्रमा कार्य गर्दै आएको क्यारिटस नेपालका सहायक शिक्षा प्रवन्धक एलएन पोखरेल, शिक्षा प्रबन्धक देवेन्द्र पोखरेल लगायतले विधालय बन्द गर्नु पर्दा दुःख लागेको बताउनु भयो । बोल्नेक्रममा अधिकांश बक्ताहरुले अव नयाँ अवसर खोजेर शैक्षिक विकासमा लाग्न सवैलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा त्रिरत्न माविका प्रिन्सिपल टिकाराम कालिकोटे, पूर्व प्रधानाध्यापक पूर्ण गुरुङ्ग, विधार्थी बासुदेव खड्का लगायतले समेत विधालय बन्द हुँदा दुःख मान्दै नयाँ अवसरको खोजीमा लाग्नु पर्नेमा जोड दिएका छन् । २५ औं व्याज सहित गरी भूटानी शरणार्थी शिविरबाट हालसम्म २३ हजार ७ सय ६३ जना विधार्थीले माध्यमिक तहको परीक्षा दिइसकेको क्यारिटस नेपालका शिक्षा प्रवन्धक देवेन्द्र पोख्रेलले बताउनु भयो ।

See live Shorts by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here