४ स्रष्टाको सँयुक्त गजल संग्रह कबुल विमोचन

विमोचनमा भूटान गजल मञ्चका अगुवा थुलुङ्ग सम्मानित

0
1761

विमोचनमा भूटान गजल मञ्चका अगुवा थुलुङ्ग सम्मानित


दमक/झापाको दमकमा आज ४ जना पूर्वेली गजलकारहरुको सयुँक्त गजल संग्रह कबुल विमोचन भएको छ । रुवाई मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा अशोक बस्नेत, कमल मिश्र, उपेन्द्र नेम्बाङ्ग विरही, राजकुमार सुब्बा “अनिश्चित” को कबुल गजल संग्रह कार्यक्रमका प्रमुख अतिथि संचारकर्मी तथा साहित्यकार केशव आचार्यको हातबाट विमोचन गरिएको हो ।

मञ्चका अध्यक्ष कमन देवानको सभापतित्वमा भएको कार्यक्रममा भूटान गजल मन्चका संथापक संयोजक गजलकार याम थुलुङ्गलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा गजल संग्रहबारे साहित्यकारहरु सुन्दर कुरुप, जितेन मुस्कान, भुपेन्द्र तिम्सिना र अभागी थेगुवाले समिक्षा गर्नु भएको छ । कार्यक्रममा नेपालको पूर्व क्षेत्रका स्थापित साहित्कारहरुले गजल बाचन समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here