आतंकबादबिरुद्ध लड्न तयार रहौः प्रधानमन्त्री ओली

0
867

२९ चैत्र, काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताउँदै त्यसकाबिरुद्ध लड्न तयारी अबस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई बिहिबार नेपाली सैनिक प्रतिष्ठान भक्तपुरमा  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनौती सामना गर्नका लागि सधै तयार रहन सुरक्षा निकायलाई निर्देशन दिनुभयो । ‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस्ता खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार रहनुपर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here