रंगशालालाई नमूना बनाउँने चुनौतीलाई हटाउँन सवै लाग्नु पर्छ : नेम्बाङ्ग

नयाँ नेतृत्वको अध्यक्षमा हुकुमसिंह राई चयन

0
1250

नयाँ नेतृत्वको अध्यक्षमा हुकुमसिंह राई चयन

 
चैत्र २९ गते दमक/झापाको कमल गाऊँपालिकामा रहेको आदिबासी रंगशालालाई नेपालकै नमूना बनाउन यसका चुनौतीलाई हटाउँदै सवै राजनैतिक दल र समूदाय लाग्नु पर्ने नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्गले बताउनु भएको छ ।
आज कमल गाऊँ पालिका वडा नं. ५ को मंगलमय माविको प्राङगणमा भएको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको प्रथम ऐतिहासिक अधिवेशनलाई सम्बोधन गर्दै नेम्बाङ्गले सो कुरा बताउनु भएको हो । देशलाई परिवर्तन रुपान्तरण गर्न सानातिना विवाद र समस्यालाई दलीय सहमति, सहकार्य गरि अघि बढ्नुको विकल्प नभएको नेम्बाङ्गको भनाई रहेको छ । पूर्व सभामुख समेत रहनु भएका नेम्बाङले जनताले ७० बर्ष लामो आफनै संविधान आफै बनाउने चाहना पूरा भएकाले त्यसैलाई आधार वनाएर अव देशलाई समृद्धिको यात्रामा अगाडी बढाउन देशका सामु अवसर आएको चर्चा गर्नु भयो । उनले भने ,–‘ अव पक्ष,विपक्ष भएर समृद्धिको यात्रालाई कसैले अनर्थ लगाउनु हुदैन् ।’

प्रधानमन्त्रीको भारत भ्रमण चर्चामा मात्रै सीमित नरहेको र स्वयं भारतीय प्रधानमन्त्रीको सम्बोधनले धेरै कुरा प्रष्ट्याएकोमा जोड दिदै नेम्बाङले भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर मुलुक समृद्धिको बाटोमा अघि बढाउन सरकार प्रतिवद्ध रहेको जोड दिनु भयो ।

नेता नेम्बाङले आदिवासी रंगशालालाई सवै जातजाति,धर्मावलम्बीहरुको साझा रंगशालाका रुपमा भावनात्मक विकास गर्न सरोकारवालाहरुलाई सुझाव दिनु भयो । कमलमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने लक्ष्य राखेको प्रधानमन्त्री केपी ओलीको सन्देस सुनाउदै नेम्बाङले भने ,–‘ जनस्तरबाट थालनी भएको रंगशाला निर्माणको अभियानले सरकारले सदैव सहयोग गर्ने समेत बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष नित्यानन्द ताजपुरियाको अध्यक्षतामा भएको सो अधिबेशनको उद्घाटनमा रंगशालाका संस्थापक अध्यक्ष स्व. सन्तकुमार वान्तवालाई मरणोपन्त सम्मान गरिएको छ । उनको सम्मान राईकी धर्मपत्नी कृष्णकुमारीलाई प्रम्ख अतिथि रहनु भएका नेम्बाङ्गको हातबाट प्रदान गरिएको छ । त्यस्तै मानार्थ सदस्यका रुपमा रंगशालामा प्राविधिक सहयोग पु¥याँउने इन्जिनियर कृष्ण थापालाई समेत सम्मान गरिएको छ । त्यस्तै,प्रतिष्ठानको विशिष्ट,आजीवन तथा साधारण सदस्यहरुको प्रमाणपत्र समेत वितरण गरिएको छ । रंगशाला समितिकी उपाध्यक्ष सुमित्रा वाङदेल चेलीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संघीय संसद सदस्यद्धय एलपी सावाँ, महेन्द्रकुमारी सुब्बा,सामाजिक व्यक्तित्व दिलीप राईले आदिवासी रंगशालाको भावना अनुसार सरकारले रंगशाला बनाउनुपर्ने जोड दिनु भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा रंगशालाका तर्फबाट अध्यक्ष ताजपुरियाले प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।

आदिवासी रंगशालाको नयाँ नेतृत्व

यसै गरी आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको बन्दसत्रले अध्यक्ष पदमा हुकुमसिंह राईलाई सर्वसम्मतिबाट चयन गरेका छन् । आज सम्पन्न प्रथम अधिबेशनको बन्द सत्रले राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चुनिएको हो ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा पदम बहादुर जवेगु,महासचिवमा दिपेनवाला राई,सचिवमा सुसन राई र कोषाध्यक्षमा विष्णु भट्टराई चुनिएका छन् । यसैगरि सदस्यहरुमा मनकुमारी बेघा,जीतबहादुर राई,भीमराज राई,चन्द्रकला सुब्बा, भोजकुमार राई ,चन्द्रप्रसाद ताजपुरिया,पाण्डव माँझी,सन्तकुमार कार्की ( सन्तोष ) हरिदेवी राई र दिपक न्यौपाने चुनिएको गठित निर्वाचन समितिका संयोजक अधिबक्ता विमल संग्रौलाले जानकारी दिए । निर्वाचित समितिलाई विहिबारनै प्रमाणपत्र समेत वितरण गरिएको थियो । त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष राईले आदिवासी रंगशालालाई उद्देश्य अनुरुप अगाडी बढाउन प्रतिवद्ध रहने जोड दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here