गुरु श्रीनिवासमाथि भएको हत्याको प्रयासमाथि भूट्निस हिन्दू अगनाइजेशनद्वारा भर्त्सना

0
760

चैत्र २९, २०७४ ओहायो | सनातन हिन्दु धर्मका गुरु श्रीनिवास आचार्य स्वामीलाई हत्या गर्ने उदेश्यले गोली प्रहार भएको निन्दनीय घटनाको ग्लोबल भूट्निस हिन्दू अगनाइजेशनले प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ ।

ग्लोबल भुटनिज हिन्दू अगनाइजेशनका अध्यक्ष कमल धिमालको हस्ताक्षरमा जारी भएको उक्त प्रेस विज्ञप्तिमा अपराधमा संग्लन व्यक्तिलाई मानब कलंकको संज्ञा दिदै धार्मिक तथा जातीय सहिष्णुता विकसित मुकुकमा यस प्रकारको घटनाले सामाजिक सद्भाव र सौहार्दपूर्ण वातावरण खल्बलिने हुदा दोषी माथि कडा कारवाहीको माग गरेका छन् |

यस विषयलाई लिएर बैष्णव परिषद्, हिन्दु जागरण नेपाल, बिश्व हिन्दु महासंघ लगायतका बिभिन्न २७ वटा संस्थाले काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै यस्तो दोषीलाई कारवाही नभए आफुहरु आन्दोलनमा उत्रिने चेतावनी समेत आइसकेको छ । त्यसैगरि सुनसरीको इटहरीमा नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा बिरोध प्रदर्शन भएको छ ।

बिराटनगर नेपाल, जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्ने जतुवाका राजनकुमार यादव र विनोद दास रहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here