अमेरिकाको ओहायोमा नयाँ वर्ष धमाका: भव्य साँगीतिक कार्यक्रमको हुदै

0
3577

चैत्र २६, २०७४ टेक्सास | नयाँ वर्ष २०७५ को उपलक्ष्यमा नक्षत्र फोउन्डेसनको तत्वावधानमा भूटानी अमेरिकन कलाकार सहित नेपालका राष्ट्रिय कलाकारको सहभागिता बीच अमेरिकाको ओहायो राज्यमा साँगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ |

नेपाली भाषी भूटानीहरू तेस्रो मुलुक पुनर्स्थापना भएसँगै युवाहरूमा कलाकारिताको सक्रियता बढेको भए पनि अघी बड्ने उचित वातवरण निर्माण नभइसकेको हुनाले यसै वास्तविकतालाई केन्द्रमा राखेर नेपाली संस्कृतिकोको विकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका प्रतिनिधि अर्जुन सुवेदीले जानकारी दिनु भयो । हाम्रो फोन सम्पर्कमा उहाँले थप्नुभयो –“मंच र राम्रो अवसरको अभावमा विशेष गरि पछि पर्नु वाध्य भएका हाम्रा कलाकारलाई हौसला प्रदान गर्दै अघी बड्ने माहौल सृजना हेतु सो कार्यक्रम आयोजन गरिएको हो |”

विभिन्न संस्थाको प्रायोजनमा हुने उक्त कार्यक्रममा नेपालबाट हिमाल सागर र रोशन गुरूङ्ग तथा भूटानी अमेरिकन समूदायका नेपाली भाषी कलाकारहरू विकास शिवा, प्रनिम राई, प्रविण दियाली र रमेश कडेलको उपस्थिति रहने बताइएको छ । आगामी १४ अप्रीलमा हुने कार्यक्रमका लागि २० देखि १ सय डलर प्रवेश शुल्क लाग्ने कार्यक्रम आयोजक प्रतिनिधि हरि मैनालीले बताउनु भयो |

नेपाली कला सँस्कृतिको संरक्षण सम्बद्र्धन र विकास गर्ने उद्देश्यले तयारी गरिएको उक्त कार्यक्रममा क्षेत्रका संचारकर्मी, समाजसेवी, विभिन्न संघ तथा संस्थाका प्रतिनिधि, व्यवसायिक पेसाकर्मी साथै अमेरिकाका विभिन्न राज्यबाट समेत कार्यक्रममा रमाइलो गर्न दर्शक आउने सुनिश्चित भएको हुदा यस पटकको नयाँ वर्ष धमाका भव्य र सव्य साथै पृथक रहने लक्षण देखिएको छ |

उक्त कार्यक्रममा नारद रिजालको प्रस्तुति, उनको आफ्नै एकल शब्द र टिका भण्डारीको संगीत रहेको सांगीतिक कोसेली “अक्षर” लोकार्पण समेत गरिन्ने छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here