प्रधानमन्त्री ओली भारतमाः समकक्षी नरेन्द्र मोदीसँग वान टू वान संवाद

0
808

२३ चैत्र, काठमाण्डौं । ५४ सदस्यीय नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दै तीन दिनको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच वान टू वान संवाद भएको छ । लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री मोदी निवासमा प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता भएको हो।

औपचारिक भेटवार्ता भने शनिबार नै हुनेछ । आजको भेटमा भने नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेका एजेण्डाहरुमा छलफल भएको बताईएको छ । यसअघि शुक्रबार विहान त्रिभुवन विमानस्थलबाट ८:४५ बजे नेपाल बायु सेवा निगमको बिमानबाट दिल्ली गएका प्रधानमन्त्री ओलीलाई इन्धिरागान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । भारतीय जनता पार्टीका पूर्बअध्यक्ष समेत रहेका सिंह प्रधानमन्त्री नरेन्द्र मोदीपछि दोस्रो बरियाताका मन्त्री हुन् ।

दिल्ली उत्रिएलगत्तै प्रधानमन्त्री ओलीले ताज होटलमा आयोजित कार्यक्रममा भारतीय व्यवसायीहरुलाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालमा स्थायी सरकार आएर लगानीको बाताबरण बनाइसकेकाले ढुक्कका साथ लगानी गर्न आह्वान गरेका छन । आइतबार स्वेदश फर्कनअघि प्रधानमन्त्री ओलीले भारतमा रहँदा उच्च राजनीतिक भेटवार्ताका साथै नेपालसँग बिगतमा भएका सम्झौता कार्यान्वयनका लागि भारतसँग आग्रह गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here