प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा शरणार्थीको मुद्धा राखी दिन माग

शरणार्थी समस्या समाधानमा अगुवा नेतृत्व सक्रिय हुँदै

0
1767

शरणार्थी समस्या समाधानमा अगुवा नेतृत्व सक्रिय हुँदै


२० चैत्र २०७४/डिकेश लामा
दमक/नेपालका प्रधानमन्त्री केपी ओलीको भारत आगामी हुने भनिएको भ्रमणमा भूटानी शरणार्थीको मुद्धाबारे कुरा राखी दिन आग्रह गर्दै आज भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले एक ज्ञापन पत्र पठाएको छ ।
इमेल र हवाई कुरियर मार्फत पठाइएको पत्रमा २६ बर्ष देखि लम्बिएको भूटानी शरणार्थीको मुद्धालाई स्वदेश फिर्ती गराई समाधान गर्न आग्रह गरिएको छ । समितिका संयोजक सन्तविर घले सहित २१ जना प्रतिनिधिले गरेको हस्ताक्षर पत्रमा आगामी भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष भूटानी शरणार्थीको लामो समस्या स्वदेश फिर्तीबाट गर्न पहल गर्न माग गरिएको छ । 

पछिल्लो समय थप पीडाजनक बन्दै गएको भूटानी शरणार्थीको अवस्थाबारे उचित सम्बोधन गर्न शरणार्थी अगुवा तथा समूहले स्थानीय तह देखि प्रदेश र केन्द्र स्तरका मन्त्रिहरुमा ज्ञानप पत्र बुझाउँदै आएका छन् । यस अघि जनमञ्च भूटान, भूटान राष्ट्रिय मेलमिलाप समिति, भूटानी आवाज अभियान अन्तर्गत भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति लगायतले विभिन्न स्तरका नेतृत्व तथा जनप्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाउँदै आएका छन् । खासगरी सवै समूहहरुले भूटानीहरुको समस्या समाधानमा स्वदेश फिर्तीलाई नै प्राथमिकता दिँदै आएका छन् भने नेपालका केन्द्र तथा प्रदेश स्तरका सांसद र मन्त्रीहरुले समेत स्वदेश फिर्ती नै पहिलो प्राथमिकता भएको बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here