सांसद सुब्बाले सामुदायिक भवन निर्माणमा सहयोग गर्ने

दमको उत्तरी क्षेत्र विकासको आशामा

0
983

दमको उत्तरी क्षेत्र विकासको आशामा

 
चैत्र १६ गते/डिकेश लामा
दमक/ विकासको दृष्टिकोणले पछाडि परेको दमक वडा नं. ३ को उत्तरी क्षेत्रमा आज प्रतिनिधिसभा सदस्य समानुपातिक सांसद महेन्द्रकुमारी लिम्बुले सामुदायिक भवन निर्माणमा सक्दो पहल गर्ने बताउनु भयो ।
मोरङ्ग, इलाम र झापाको तीन सिमा क्षेत्रमा रहेको राधाकृष्ण मन्दिरले आज देखि शुरु गरेको एकादिवशीय शिव महापुराण कार्यक्रमलाई प्रमुख अतिथि रहनु भएकी सुब्बाले बोल्नेक्रममा सो कुरा बताउनु भएको हो ।
यस अघि सांसद कोषबाट विनियोजन गर्ने भनेको रकम मध्ये २ लाख दिने भनेर छुट्याएको बजेट सर्वोच्च अदालतको निर्णयले खारेज भएकोले उपलव्ध गराउन नसकेको सुब्बाले बताउनु भयो । सुव्बाले आफ्नो ५ बर्ष कार्यकाल अवधिमा सो क्षेत्रमा रहेको राधाकृष्ण मन्दिरले निर्माण गर्दै आएको सामुदायिक भवनमा सक्दो सहयोग गर्ने बताउनु भयो । 

कार्यक्रममा नेएकपा माओवादी केन्द्रका झापा जिल्ला सदस्य अमर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला सदस्य नारादमुनी घिमिरे, नेपाली काँगे्रश क्षेत्र नं. ५ का सभापति डुण्डीराज भण्डारी लगायत स्थानीय सामाजिक अगुवाहरुले सामुदायिक भवन निर्माणका लागि शुरुवात गरेको पुराणमा सवैले सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो ।
मन्दिर संचालन समितिका अध्यक्ष भिम लकांईको सभापतित्वमा भएको कार्यक्रममा मन्दिर स्थापना भएको ६ बर्षको ६ वटा क्यान्डल बालेर पण्डित कृष्ण मिश्रले मन्त्रोच्चारण गरी कार्यक्रम शुरुवात गरिएको छ ।
कार्यक्रममा नजिकै रहेका मोरङ्गको मिक्लाजुङ्ग, इलामको चुलाचुली र झापाको दमक क्षेत्रका धर्मानुरागीहरुको उपस्थिति रहेको छ । कार्यक्रममा सांसद सुब्बाले व्यक्तिगत रु १० हजार ५ सय, क्षेत्रीय सभापति डुण्डीराज भण्डारीले रु ५ हजार ५ सहयोग गर्ने घोषणा गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here