अझै चर्चामा रोबर्ट सोफिया (भिडियोसहित)

0
2211

१४ चैत्र, काठमाण्डौ । यान्त्रिक मानव रोबर्ट सोफिया नेपालबाट फर्किसकेको सातादिन हुन लाग्दा समेत उसको चर्चा कायमै छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा भाग लिन नेपाल आएकी रोबोट सोफिया बिदेश फर्किसके पनि उसका भिडियो युटयुब नेपालको ट्रेन्डिङमा बुधबार पनि दशौं नम्बरमा परिरहेको छ । सोमबार दिउँसोसम्मको सूचीमा दोस्रो स्थानसम्म परेको सोफियाको भिडियो अहिले पनि ट्रेनिङमा रहनुले नेपालीहरुलाई अझै पनि रोबटप्रतिको चाख झल्किएको प्रष्टिएको छ । अघिल्लो बुधबार होटल याक एण्ड यतिमा भएको कार्यक्रममा सोफियाले नेपालले दिगो बिकासमा सूचना र प्रबिधीबाट फाइदा लिन सक्ने बताएकी थिइन् ।

को हुन् रोबर्ट सोफिया

नागरिकता पाउने पहिलो यान्त्रीक मानव बनेकी सोफियालाई हङकङको हान्सोन रोबोटिक्स कम्पनीले विकास गरेको हो । उनलाई अप्रिल १५, २०१५ मा एक्टिभेट गरिएको थियो । सोफियाले अनुहारमा ६२ प्रकारका भावहरु प्रदर्शन गर्न सक्छिन् । सन् २०१७ मा सोफियाले साउदी अरेबियाको नागरिकता पाएकी थिइन् । सन् २०१७ को नोभेम्बरमा सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आविष्कार बिजेता घोषित भएकी थिइन् । सोफियालाई गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आवाज पहिचान गर्ने प्रणाली विकास गरेको हो भने सिंगुलारिटी नेटले उनको मस्तिष्क विकास गरेको हो । उनको अनुहार अभिनेत्री एन्ड्रे हेपबर्नसँग मिल्दोजुल्दो बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here