माध्यामिक शिक्षा परीक्षा (एसइई) को प्राविधिक विषय आज देखि शुरु

झापामा एउटा मात्र केन्द्र हुँदा समस्या

0
2595

झापामा एउटा मात्र केन्द्र हुँदा समस्या

 चैत्र १४, २०७४/डिकेश लामा 
विर्तामोड/ गत चैत्र ८ गते दखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षाको प्राविधिक तर्फका विधार्थीहरुको विषयगत परीक्षा आजदेखि शुरु भएको छ । साधारण विधार्थीहरुसँग मिल्ने ४ वटा विषय नेपाली, अंग्रजी, गणीत र विज्ञान विषयको परीक्षा सकेर आज देखि देश भर ३३ हजार विधार्थीले प्राविधिक विषयको परीक्षा दिन शुरु गरेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

झापामा मात्र प्राविधिक शिक्षा तर्फ ८ वटा विधालयका २ सय ५५ जनाले एउटै केन्द्र देवी माध्यामिक विधालय विर्तामोडमा परीक्षा दिईरहेको सो विधालयका केन्द्राध्यक्ष अम्बिका श्रेष्ठले बताउनु भयो ।
झापा जिल्लाका हिमालय मावि दमक, सरस्वती मावि दमक, धुलावारी मावि धुलाबारी, भानु मावि अर्जुनधारा, विरसिंह मावि चारपाने, हिमाली मावि पृथ्विनगर, भानु मावि लालझोडा र जनता मावि गौरादहले जिल्ला भरीकै एक मात्र केन्द्र देवी मावि विर्तामोडमा परीक्षा दिईरहेको केन्द्राध्यक्ष श्रेष्ठले बताउनु भयो । ५ बर्ष अघि देखि शुरु भएको प्राविधिक तर्फका विधार्थीहरुलाई अहिले पनि जिल्ला भरीकै एउटा केन्द्रमा परीक्षा दिनु पर्दा धेरै समस्या भएको हिमालय मावि दमकका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिर्थबहादुर वस्नेत शंकरले बताउनु भयो । जिल्लाका भरीका प्राविधिक तर्फका विधार्थीलाई एउटै केन्द्रमा परीक्षा गराउँन विहान राती देखि तयार गरेर गाडीमा पु¥याउँन र ल्याउन समस्या भएको प्राविधिक विषयका शिक्षक बालकुमार रेग्मीले बताउनु भयो । झापामा प्राविधिक तर्फ कम्पुटर इन्जिनियर, सिभिल इन्जिनियर, कृषि, भेटनरी लगायतका विषयमा अध्यापन हुँदै आएको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ । 

यसैक्रममा झापा जिल्ला भरी हालसम्म परीक्षा सही तवरले संचालन भईरहेको अनुगमनमा आउनु भएका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनु भयो । परीक्षामा संलग्न कर्मचारी, शिक्षक र सुरक्षा सहयोगी सवै पक्षको सहयोगले परीक्षा हालसम्म राम्ररी संचालन भईरहेको तिवारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here