पथरी शनिस्चरेको जापानको नगरपालिकासँग मैत्री सम्वन्धको प्रस्तावको तयारी

0
1272

१४ चैत,२०७४ 
पथरी/मोरङको पथरीशनिश्चरे नगरपालिकाले जापानको कुनै नगरपालिकासँग मितेरी सम्वन्ध अघि बढाउन प्रस्ताव राख्ने निर्णय गरेको छ ।
हालै बसेको नगर कार्यपालिकाको बैठकले जापानमा भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत नेपालको राष्ट्यि योजना आयोगका पूर्व सदस्य डाक्टर शिवकुमार राईसँग छलफल गरेको हो ।
नगर क्षेत्रको विकासको सम्भावना प्रचुर रहेको र जनप्रतिनिधिहरुको एकता भएका कारण योजनावद्ध काम अगाडि बढाउने अवस्था समेत आफुले देखेको जनाउँदै डाक्टर राईले जापानमा मितेरी साइनोको प्रस्ताव राखिदिने बताउनु भयो ।

 वैठकमा प्रमुख अतिथिका रुपमा आमन्त्रित राईलाई नगरपालिकाका तर्फबाट सूचना संयोजक भूपेन्द्र तिम्सिनाले तयार पारेको लघु बृत्तचित्र समेत देखाइएको छ ।
नगरपालिका प्रमुख दीलिपकुमार राईले सम्भावना वोकेको नगरका लागि आपसी सहयोग र विकासमा टेवा पुर्याउन 

मितेरी सम्वन्ध कायम गर्न नगरपालिकाले आगामी योजना तयार गर्ने नगरपालिका मेयर दिलिपकुमार राईले बताउनु भयो ।
पूर्वपश्चिम मुख्य सडकसँग जोडिएको वन, सिमसारका साथै पथरी, शनिश्चरे, हसन्दह क्षेत्रको कृषि, स्वास्थ्य, शिक्षा सहितको समग्र अवस्थाको बारेमा स्थलगत जानकारी पाएपछि डाक्टर राई नगर क्षेत्रको सम्भावनाबाट प्रभावित भई सो प्रस्ताव अगाडि बढाएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here