अनिश्चित समयका रोकेको बनको निर्वाचन १ महिना वितिसक्दा पनि भएन

समयमा निर्वाचन नहुँदा बनमा आगलागी र चोरी बढ्यो

0
1159

समयमा निर्वाचन नहुँदा बनमा आगलागी र चोरी बढ्यो


चैत्र १२/डिकेश लामा
दमक/अनिश्चित समयका लागि भनेर स्थगित गरेको दमकको एक मात्र हंसे दुम्से सामुदायिक बनको निर्वाचन एक महिना वितिसक्दा पनि हुन सकेको छैन । राजनैतिक भागबन्डा र उपभोक्तासँग समन्वय विना नै निर्वाचन गर्न लागको भन्दै असन्तुष्ट पक्षले गत फाल्गुन ११ गते अनिश्चित समयका लागि भनेर निर्वाचन समितिले सूचना टाँस गरेर गत १६ गते हुने निर्वाचन रोकेको थियो । तर १ महिनासम्म पनि निर्वाचन हुन नसके पछि बनका अधिकांश कामकार्वाहीमा प्रभाव परेको बनका कर्मचारीहरुले बताएका छन् । बनमा समयमा निर्वाचन नुहँदा चोरी तस्करी देखि बन डडेलो समेत लार्पावाहीरुपमा बढेको स्थानीय अगुवा गणेश चाम्लिङ्ग राईले बताउनु भयो । 
यता हंसे दुम्से सामुदायिक बनका अध्यक्ष हिमालय दाहालले चाँडै निर्वाचन हुन्छ भनेर संचारकर्मीहरुलाई पटक पटक आश्वासन दिँदै आउनु भएको छ । आजै मात्र अध्यक्ष दाहाललाई सम्पर्क गर्दा १ हप्ताभित्रमा निर्वाचन गर्ने बताउनु भएको छ । ९ महिना अघि हुनु पर्ने निर्वाचन गर्ने भनेर मिति तोकेको समय नाघेर १ महिना वितिसक्दा पनि निर्वाचन नभएको प्रति उपभोक्ताहरुले गुनासो समेत गर्न थालेको बनका कर्मचारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here