विपन्न आदिबासीमा सामुदायिक अन्न भकारी प्रभाकारी बन्दै

लुथरनको सहयोगमा ३ नगरका १ सय ७५ घर लाभान्वित

0
3444

लुथरनको सहयोगमा ३ नगरका १ सय ७५ घर लाभान्वित


चैत्र ११/डिकेश लामा
मोरङ्ग/सरकारले उचित रेखदेख गर्न नसकिरहेको अवस्थामा मोरङ्ग जिल्लाको तराईमा बसोवास गर्ने न्यून आयाआर्जन भएका आदिवासीहरुमा सामुदायिक अन्न भकारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
मोरङ्ग जिल्लाको ३ वटा नगर पालिकाका ४ वटा वडाका ८ वटा विपन्न आदिवासी बसोवास रहेको टोलमा संचालित सामुदायिक भकारीले पछिल्लो समय खाद्य अभाव हटाउँदै लगेको छ । खासगरी तराईमा बस्ने सन्थाल, मुसहर,मोहली लगायतका जातिहरुमा विगत बर्षहरुमा भोग्नु परेको अनिकाल हटाउँन यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । यस विषयमा सहकर्मी डिकेश लामाले तयार गर्नु भएको एक रिर्पोट । मोरङ्ग जिल्लाको रंगेली नगर पालिका वडा नं. २ झर्ना टोलका १८ घर परिवारले एकै स्थानमा धान राख्नाले अहिले प्रायश भदौ महिना हुने अनिकाल टर्दै गएको सामुदायिक भकारी व्यवस्थापनका अध्यक्ष पटवारे मरण्डीले बताउनु भयो ।


झर्नाटोलमा रहेका १८ घर परिवारलाई विपद जोखिम न्यूनिकरण गर्न भूटानी शरणार्थीहरुलाई रेखदेख गर्दै आएको विश्व लुथरन फेडरेशनको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाजले धान उपलव्ध गराएर कार्यक्रम शुरु गरेको समाजका कार्यक्रम संयोजक जोयल सोरेनले बताउनु भयो ।
समाजमा बाहिर भने जस्तो रोजगारी पनि नभेटिने साउन र भदौ महिनामा भकारीको खोलेर अन्न वितरण गर्ने गरिएको झर्नाटोलका मंगल मर्डीले बताउनु भयो । मर्डीका अनुसार आफ्नो भागमा पनि सामुदायिक अन्न भकारीमा २ मन धान रहेको बताउनु भयो ।
२ बर्ष अघि देखि शुरुवात गरेको सामुदायिक अन्न भकारीले अहिले झर्ना टोल जस्तै अन्य टोलले पनि सामुदायिक अन्न भकारी संचालन गरेका छन् । खासगरी मोरङ्ग जिल्लामा सामुदायिक भकारी राख्ने कार्यक्रम रंगेली नगर पालिका वडा नं. २ को झर्नाटोल, जहदा ग्रामिण नगर पालिका वडा नं. ४ र ५ का शान्तिसुलुक, चताम्पुर, सोहल, कानेपोखरी नगरपालिका वडा नं. १ को गधाटोल, भट्टीटोल, दिपु टोलका १ सय ७५ घर लाभान्वित रहेका छन् । ऊनीहरुले १७५ मन धान ८ वटा भकारीमा भण्डारण गरेको बताइएको छ । विपन्न परिवारलाई सरकारले उचित रेखदेख गर्न नसकिरहेको अवस्थामा सामुदायिक भकारी संचालनले ठूलो राहत दिएको स्थानीय बताउँछन् ।

see live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here