समृद्ध नेपालका लागि शैक्षिक क्षेत्रमा आवश्यक सहयोग गर्ने : मुख्य मन्त्री राई

नयाँ नेपाल नारामा होइन, व्यवहारमा देखाउने

0
1436

नयाँ नेपाल नारामा होइन, व्यवहारमा देखाउने

 
१० चैत्र, २०७४/ डिकेश लामा
दमक/ समृद्ध नेपालका लागि दक्ष जनशक्ति उत्पादनमा अव शैक्षिक क्षेत्रमा आवश्यक नीति सहित सहयोग गर्ने प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बताउनु भएको छ । आज उर्लाबारी बहुमुखी क्याम्पसको १८ औं क्याम्पससभा तथा ३० औं बार्षिक उत्सव कार्यक्रममा बोल्दै राईले सो कुरा बताउनु भएको हो । उपयुक्त आवश्यक बजेट र नीतिको अभावमा अव कलेजले बस्न नपर्ने अवस्था आउने राईले बताउनु भयो । कार्यक्रमका प्रम्ख अतिथि समेत रहनु भएका राईले अवको मुलुक पुरानो नभई नयाँ नेपाल भएकोले नयाँ नेपाललाई नारामा मात्र सिमित नगरी नागरिकले थाहा पाउने गरी समृद्ध, सम्पन्न र विकाशील बनाउने तर्फ राज्यको ३ वटै तहले थालनी गरी सकेको बताउनु भयो । राईले कृषि, प्रविधि, वैज्ञानिक शिक्षा र रोजगारीको अवस्था प्रयाप्त सृजना गरेर सवै भूगोल, धर्म, संस्कृति र जातजातिलाई अगाडि बढाउने समेत बताउनु भयो । 

क्याम्पस संचालक समितिको अध्यक्ष योगेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक तथा शैक्षिक अगुवा, चन्ददाता, अध्यक्षकोषदाता, कर्मचारी र संचारर्मी सहित ७ जनालाई प्रमुख अतिथि राईको हातबाट सम्मान समेत गरिएको छ । कार्यक्रममा अध्यययन, खेलकुद लगायतका क्षेत्रमा उत्कृष्ट विधार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा क्याम्पस प्रमुख भिमप्रसाद लामिछानेले क्याम्पसको आर्थिक बर्ष २०७३÷०७४को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा सामाजिक शैक्षिक, राजनैतिक र प्रदेश स्तरका अगुवा नेतृत्वहरुको समेत उपस्थिति रहेको कार्यक्रमका संचालक सह प्राध्यापक मेघराज दाहालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here