झापामा चैते धान रोप्ने कार्य झण्डै दोव्वरले बढ्यो

0
2347

खेती गर्न किशानलाई अनुदान  
चैत्र ७, २०७४
दमक/झापाको कन्काई सिंचाई व्यवस्थापन डिभिजनको बर्षौ देखि सुधार नभएको नहर यो मर्मत गरेसँगै यस बर्ष चैते धान लगाउने कृषकहरुको संख्या झन्डै दोव्वरले बढेको छ । गत बर्ष १ हजार ६ सय किसानले चैते धान लगाएको क्षेत्रमा यो बर्ष २ हजार ५ सय किसानले चैते धान रोप्ने कार्य शुरु गरेको कन्काई सिंचाई व्यवस्थापन डिभिजन कार्यालय गैडेका प्रमुख विरेन्द्रकुमार यादवले जानकारी दिनु भयो । नहर मर्मत पछि खासगरी मध्य झापाको साविकका सतासीधाम, शिवगञ्ज, पाँचगाछी र महाभारा गाविसका किसानहरु बढी लाभान्वित भएको डिभिजन कार्यालयले जानकारी दिएको छ ।
नहरले भेट्ने करिव ३६ किलोमिटर नहर क्षेत्रमा यस बर्ष शून्यदेखि १२ नम्बर शाखाका किसानले पानी लगाएर चैते धान लगाईरहेका कार्यालयले जानकारी दिएको छ ।
पानीको उपलव्धता भए सँगै यो बर्ष गत बर्ष भन्दा झन्डै दोव्वर धान खेती गर्न लागेको शिव सताक्षी नगर पालिका वडा नं. ७ का किसान रामलखन चौधरीले बताउनु भयो । चौधरीले १० कठ्ठा खेती गर्दै आएकोमा अधिया गरेर भए पनि यो बर्ष ढेड विगाहा खेती गर्न शुरु गरेको बताउनु भयो ।

    खासगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मध्य झापामा सिँचाइ प्रणालीमा सुधार, किसानलाई अनुदान, प्राविधिक सहयोग तथा पश्चिम झापामा विद्युत प्रणालीमा सुधारलगायतका कारणले यस बर्ष धेरै किसान चैते धान लगाउन जुटेका बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कचनकवल गाऊँ पालिकामा धान सुपर जोन तथा गौरादह नगरपालिकामा धान ब्लक सञ्चालित छ । सुपर जोन क्षेत्रमा यो बर्ष ५ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने कार्य चलिरहेको छ सुपर जोन कार्यालयका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमस्लिनाले बताउनु भयो ।


उनका अनुसार सुपर जोन क्षेत्रमा १० स्थानमा सौर्य उर्जा पम्पबाट सिंचाइको व्यवस्था गरिएको छ । एक सय ४० स्थानमा मोटर बोरिङ गाडिएको छ । एउटा सौर्य उर्जा पम्पबाट १५ हेक्टर जमिनमा सिंचाइ सुविधा पु¥याउँन सकिन्छ । सुपर जोन परियोजना कार्यान्वयनमा आउनुअघि सिंचाइ अभावमा उक्त क्षेत्रमा बर्खाको बेलामात्रै धान रोपाई गरिन्थ्यो ।
सुपर जोन क्षेत्रमा चैते धान बढी उत्पादन गर्ने किसानलाई प्रतिहेक्टर दश हजार रुपैयाँसम्म नगद अनुदान दिने कार्यक्रम समेत राखिएको छ । त्यस्तै धानको बिऊ र मलमा पनि ५० प्रतिशत अनुदान प्रदान गरेको अधिकृत तिमल्सिनाले बताए । सुपर जोन क्षेत्रमा सरकारले प्राविधिक सहयोग गर्नुका साथै मेसिनरी सामग्रीमा पनि छुट प्रदान गर्ने गरिएकोले किसान चैते धान लगाउन आकर्षित भएको तिमल्सिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here