नेपालमै ग्रामिण स्तरमा पहिलो पटक नेटवर्किङ्ग प्रविधिमा नगरको काम हुने

0
1402

चैत्र ७, २०७४ / डिकेश लामा
दमक/ झापाको शिव सताक्षी नगर पालिकाले वडाका सम्पूर्ण काम कार्वाही पारदर्शी बनाउँने उदेश्यका साथ नेपालमै पहिलो पटक इन्टरनेट नेटवर्किङ्ग जडान प्रविधिको थालनी गर्ने तयारी गरेको छ ।


नेटवर्किङ्गका लागि नगर पालिकाको वैठकबाट नेटवर्किङ्ग इच्छुक कम्पनिहरुलाई सूचना आव्हानको तयारीमा रहेको बताइएको छ । जसका लागि फाइवर विस्तार गर्ने र शिव सताक्षी नगर क्षेत्रमा इन्टरनेट सेवा समेत विस्तार हुने नगर पालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले बताउनु भयो ।
यो प्रविधिको जडान पछि वडा कार्यलयमा भएका उपस्थिति, कर असुली लगायतका अन्य जिम्मेवार काम पारदर्शी ढंगबाट हुने नगरका सुचना प्रविधि अधिकृत गणेश अधिकारीले बताउनु भयो । यो प्रविधी नेपालको ग्रामिण स्तरमा पहिलो पटक जडानको तयारी गरेको समेत अधिकारीले दावी गर्नु भयो ।


शिव सताक्षी नगर पालिकामा सवै वडाका काम कार्वाही ११ वटै वडा कार्यालयबाट शुरु भईसकेको छ । यो प्रविधिको जडान पछि सवै वडाहरुमा के काम भईरहेको छ भन्ने नगर पालिकाले नै अवलोकन गर्न सक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here