नेपाली साहित्यको प्रकाण्ड विद्वान ई.ब.रको टेक्सास अमेरिकामा श्रद्धाञ्जली कार्यक्रम

0
1696

समग्रह नेपाली साहित्यको प्रकाण्ड विद्वान, दार्शनिक, चिन्तक, अभिभावक, एक असाधारण प्रतिभा इन्द्रबहादुर राई स्वर्गारोहण भएको १३औँ दिनको पुण्यतिथिमा उनको दिबाङगत आत्माको चिरशान्तिको कामना गर्दौ श्रद्धाञ्जली कार्यक्रम एकीकृत भूटानी समुदाय टेक्सासको सहयोगमा विश्व भूटानी साहित्यिक संघठनले आयोजना गरेको छ |

विश्व भूटानी साहित्यिक संघठन, टेक्सास अध्यक्ष श्री योदुनाथ अधिकारीको सभापतित्वमा अमेरिकी समयानुसार मार्च १८, आइतबार सम्पन्न भएको उक्त शोक सभामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सास अध्यक्ष श्री बसु शर्मा प्रमूख अथिति रहनु भएको थियो साथमा विशेष अथितिको रूपमा नेपाली समाजका अभिभावक, समाज सेवी र एक सफल व्यवसायी श्री बासुदेव भण्डारी उपस्थित हुनुहुन्थ्यो | आसनग्रहणको औपचारिकता पछि राईको तस्विरमा सेतो खादा अर्पणको साथ दिप प्रज्वलन गर्दै सभा सुरु भएको थियो |

एक मिनेटको मौनधारण पछि सुरुगरिएको शोक मन्तब्यको क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सास अध्यक्ष श्री बसु शर्माले राई संलग्न तेश्रो आयाम, लिला लेखन माथी विश्लेषण गर्नुभयो | त्यसै गरि समाज सेवी, साहित्यकार श्री बासुदेव भण्डारीले राई कहिल्यै नमर्ने जिकिर गर्दै उनको योगदानको प्रसंसा गर्नुभयो | नेपाली साहित्यका दिग्गज तथा विद्वानहरूले उनलाई यस सताब्दीको स्टेफेन हकिङ्ग जस्ता महान बैज्ञानिकसँग पनि तुलना गरेका छन् | उनै राई माथी शोक मन्तब्य राख्ने क्रममा चलचित्र कर्मी केदार उप्रेती, कबि पातलो अन्तरे, कबि नेत्र आचार्य, कलाकार रबी रिमाल लगायत व्यक्तित्वहरूले उनको दिबाङगत आत्माको चिरशान्तिको कामना गर्दौ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे |

एकीकृत भूटानी समुदाय टेक्सासका उपाध्यक्ष श्री ललित प्रधानले समाज उत्थानको निम्ति राईको दर्शन अनुसरण गर्नु अपरिहार्य रहेको विचार ब्यक्त गर्नुभयो | त्यसैगरी श्री डेन्जोम सम्पहांगले कार्यक्रम सहजीकरणको भूमिका निभाउने क्रममा इन्द्रबहादुर राईको योगदानबारे चर्चा र संक्षिप्त जीवनी प्रस्तुत गर्नु भएको थियो |

अन्तमा, जीवन मिथ्य तर आत्मा मात्र सत्य हो अर्थात इन्द्र बहादुर राईले शरीर मात्र छोडु भएको हो बाँकी सम्पूर्ण अजम्बरी छ भन्दै सभाध्यक्ष श्री योदुनाथ अधिकारीले सभा अन्त्य भएको घोषण गर्नुभयो | एकीकृत भूटानी समुदाय टेक्सासका सचिव श्री नारायण भुजेलद्वारा उक्त शोक सभामा पाल्नुहुने सहभागीहरूको लागि चिया चमेनाको प्रयोजन गरेका थिए | कार्यक्रमको अन्त्यमा राईको सम्मानमा श्रद्धाञ्जली स्वरूप सृजना वचन पनि गरिएको थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here