नेपाललाई बिकासको मोडल बनाउँछौः प्रधानमन्त्री ओली

0
886

५ चैत्र, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई बिकासको मोडल बनाउने उद्घोष गर्नुभएको छ । चन्द्रागिरी नगरपालिकास्थित मातातिर्थमा शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्घाटन गर्नै प्रधानमन्त्री ओलीले अब नेपाल नयाँ मोडलमा प्रवेश गरेको बताउनुभयो ।

‘बिगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भबिष्यलाई हेरेर मूलुक निर्माणका लागि काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हिजो भानाभन गरेका थियौं झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो देश निर्माणको समय हो ।’ शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ती सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ । उहाँले शसस्त्र प्रहरी बललाई राष्ट्रियता अखण्डता र सार्बभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिनुभयो । यो तालिम केन्द्र चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँको सहयोगमा निर्माण भएको हो । कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा, सशस्त्र प्रहरी बलका प्रमुख एवं उच्च सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here