मावाखोला ढुङ्गे पैनी सिंचाई आयोजना अन्तिम चरणमा

२ सय ८ हेक्टरका ५५० घरधुरी लाभान्वित 

0
2632
२ सय ८ हेक्टरका ५५० घरधुरी लाभान्वित 
चैत्र ५, २०७४/डिकेश लामा 
दमक/मावा खोला ढुङ्गे पैनी जल उपभोक्ताको सिंचाइ आयोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । यस बर्षको ७१ लाख बजेटको काम अन्तिम चरणमा पुगेको बताइएको छ । स्वेता कन्सट्रक्सन प्रा. लि.को ठेक्कामा संचालित योजनाको ९० प्रतिशत काम भईसकेको आयोजनाका निर्माणको जिम्मा लिएको संस्था सिंचाई विकास डिभिजन झापाका इन्जिनियर सानबहादुर भट्टराईले बताउनु भयो । 
७१ लाख बजेटमा ६ सय मिटर लाईनिङ, मुहानको इन्टेक, बालुवा फिल्टर ड्याम्प, स्पर निर्माण भएको बताइएको छ । एशियाली विकास वैंकको सहयोगमा सिंचाई विकास डिभिजन कार्यालय झापाले कार्य गरेको सिंचाई आयोजनाका स्थानीय निर्माण उपभोक्ता समितिका सचीव चन्द्र प्रसाद निरौलाले बताउनु भयो । आयोजनाबाट २ सय ८  हेक्टर जमिनमा ५ सय ५० घरधुरी लाभान्वित हुँदै आएको बताइएको छ । यस अघि झापा कै सिंचाई डिभिजन कार्यलयबाट १ करोड १८ लाखको बजेट मध्ये ४२ लाखको कार्य भईसकेको छ । काम मापदण्ड अनुसार समयमा भईरहेको र चाँडै सकिने आयोजनाका सुपर भाईजर ओमप्रकाश बुढाथोकीले बताउनु भयो ।  
हालसम्म सो सिंचाई आयोजनामा ३६ लाख बराबरको उपभोक्ताको लगानी बाहेक ढेड करोड लगानीमा ३६ सय मिटर कन्क्रिट लाईन र कल्भर्टको काम भईसकेको संस्थाले जानकारी दिएको छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here