दबाब सहन्नौं सुझाव लिन्छौः प्रधानमन्त्री ओली

0
675

४ चैत्र, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार  कसैको दबाबमा नपर्ने बताउनुभएको छ । आज सिंहदरबामा मन्त्री र सचिबहरुलाई निर्देशन दिंदै ओलीले जवाफदेही ढंगले काम गर्न तर दबाबमा नपर्न पनि निर्देशन दिनुभएको छ । ‘सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकाले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिनुभएको छ । ‘‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उर्जा, पर्यटन, सेवा, व्यापार,उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैं अभाव र गरिबीमा रहीरहने कुरा अब मान्य नुहने प्रधानमन्त्री ओलीको भनाई छ । ‘‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयकाबीच समन्वयात्मक ढंगले काम गर्नुहोस् ‘कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री,राज्य मन्त्री, प्रधानमन्त्रीका मूख्य सल्लाहकार मुख्य सचिब र सचिबहरु तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here