ज्योति जंगलको छाँया बिमोचिन सम्पन्न

0
1377

पोष्ट रिपोर्ट, मार्च १७, २०१८ काठमाण्डौ |
काठमाण्डौको सर्बनाम थिएटरमा शनिबार एक कार्यक्रमका बिच ज्योति जंगलको कथा संग्रह ‘छाँया’ बिमोचन भएको छ । यसअघि कविको रुपमा पहिचान स्थापित गरेकि स्रष्टा ज्योतिजंगलले यसपटक भने कथाकारितामा आफुलाई ल्याएकि छिन ।
मोफसलमा रहेर चुपचाप आफ्नो साहित्ययात्रालाई अगाडि बढाईरहेकि कवि जंगल अब भने छाँया कथा संग्रहमार्फत कथाकारकोरुपमा उपस्थित भएकि छिन । कार्यक्रमा बोल्दै समालोचक राजकुमार बानियाँले जंगलको कथाकारितामा केहि आशागर्ने ठाउँ रहेको मत प्रकट गरेका थिए । पछिल्लो समय कथाकारितामा निमोनिया लागेको भन्दै नयाँ शिल्पको आवस्यकता रहेको समेत बानियाँले औंल्याएका थिए । कथाहरु नारिबादि नभएर महिलामैत्रि रहेको समालोचक महेश पौड्याले कार्यक्रमा आफ्नो मत प्रकट गरे । कार्यक्रमका अर्का बक्ता समालोचक कुमारि लामाले श्रृजनाधर्मको वरिपरि रहेर यथार्थबादि ढंगले कथाहरु लेखिएको जानकारि दिनुभयो ।
कार्यक्रमा स्रष्टा जंगलले आफुले समाजमा देखेका भोगेका सत्यहरुलाई कथाहरुमा उनेको स्पष्ट पारिन । आजैबाट बजारमा आएको कथासंग्रह ‘छाँया’ सांग्रिला बुक्स ले बजारमा ल्याएको हो । भब्य दर्शकहरुको उपस्थितीरहेको उक्त कार्यक्रम को संञ्चालन कवि तथा गजलकार बाबु त्रिपाठी ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here