बिश्वकप छनौटमा नेपाल आठौं स्थानमा

0
721

३ चैत्र, काठमाडौं आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल आठौं स्थानमा सीमित भएको छ । सातौं स्थानका लागि भएको प्लेअफ खेलमा नेपाललाई नेदरल्यान्ड्सले ४५ रनले पराजित गरेसँगै नेपालल आठौं स्थानमा सिमित भएको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा १ सय ४४ रनमा अलआउट भयो ।  नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३६ रन जोडे । उनले ५३ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले २५, पारस खड्का २२, सन्दिप लामिछानेले अबिजित १४ र करन केसीले १३ रन बनाउन बाहेक अन्य ब्याड्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । त्यसअघि जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५०  ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोड्यो।  नेदरल्याण्डलाई १ सय ९० रनमा समेट्न सोमपाल कामीले ४ तथा सन्दीप लामिछाने र ललित राजबंशीले समान दुई दुई विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here