निजी क्षेत्रका शैक्षिक समस्या सुल्झाउन स्थानीय तहले भूमिका निर्वाह गर्नु पर्ने

0
1245

चैत्र ३, २०७४
दमक/ निजी क्षेत्रमा संचालित विधालयमा भइरहेका समस्या सुल्झाउँन अव स्थानीय तहले आवश्यक भूमिका निर्वाह गर्नु पर्ने बताइएको छ ।
प्याप्सन झापाका जिल्ला अध्यक्ष कोषराज प्याकुरेलले आज झापाको दमक ४ मा रहेको विद्या लक्ष्मी अंग्रेजी माध्यामिक विधालयको २३ औं बार्षिक उत्सव कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । प्याकुरेलले सिंह दरबारका अधिकार गाऊँघरमा आएको अवस्था देखाउँन पनि अव राज्य पक्षले निजी विधालय व्यवस्थित गर्न सरोकारवाला सवै पक्षलाई समेटेर स्थानीय तहमा नीति बनाउनु पर्ने बताउनु भयो । विश्वमा निजी क्षेत्रमा विधालय संचालन भईरहेको अवस्थामा नेपालमा पनि सामुदायिक विधालय र निजी क्षेत्रका विधालयबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण सृजना गर्नु पर्ने कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका सिटौलाको सभापतित्वमा भएको कार्याक्रममा सामाजिक तथा शैक्षिक अगुवा, संचारकर्मी लगायतलाई मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा दमक वडा नम्बर ४ का वडा अध्यक्ष कुमार साम्सुहाङ्ग, राष्ट्रिय कलाकार दिपेश प्रसाई, प्याप्सन झापाका बरिष्ठ उपाध्यक्ष श्रवण पोखरेल लगायतले शैक्षिक क्षेत्रका गतिविधबारे बोल्नु भएको छ । कार्यक्रममा विद्यायलका शिक्षा, खेलकुद, साँस्कृतिक क्षेत्रमा उत्कृष्ट विभिन्न कक्षाका विधार्थीहरुलाई पुस्कार वितरण गरिएको छ । कार्यक्रममा विधार्थीले प्रहशन, नृत्य, गीत, कविता समेत प्रस्तुत गरेका छन् । झापामा हाल प्याप्सनसँग आवद्ध २ सय ७८ विधालय रहेका छन् भने निजी क्षेत्रबाट संचालित ४ सय हाराहारीमा विधालय रहेको प्याप्सनका वरिष्ठ उपाध्यक्ष श्रवण पोखरेलले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here