बरिष्ठ साहित्यकार राईको १३ औं पुण्य तिथीको अवसरमा दमकमा श्रद्धान्जली सभा

नेपाली साहित्यमा राई विज्ञानमा स्टेफेन जस्तै हुन्: कहिल्यै मर्ने छैनन्

0
1803

नेपाली साहित्यमा राई विज्ञानमा स्टेफेन जस्तै हुन्: कहिल्यै मर्ने छैनन्

डिकेश लामा / चैत्र ३, २०७४
दमक/ नेपाल तथा भारतका स्थापित साहित्यकारहरुको भेलाबीच आज दमकमा बरिष्ठ साहित्यकार स्वर्गीय इन्द्रबहादुर राईको नामका श्रद्धान्जली सभा गरिएको छ ।
नेपाली साहित्यका तेस्रो आयाम लिला लेखनका चिन्तक राईको १३औं पुन्य तिथीको अवसर पारेर नेपाल लिटेररी ग्रुप दमकको आयोजनामा श्रद्धान्जली सभा गरिएको हो । राईको तस्विरमा माला र अविर लगाएर सभा शुरु गरिएको छ । सभामा नेपालका स्थापित साहित्यकार राजन मुकारुङ्ग, मुनराज शेर्मा, केशव आचार्य लगायतले इन्द्रबहादुर राईको योगदानबारे चर्चा गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार शेर्माले इन्द्रबहादुर राई नेपाली साहित्यको विज्ञान क्षेत्रमा स्टेफेन विलियम हकिङ्ग जतिकै भएको बताउनु भयो । साहित्यकार मुकारुङ्गले इन्द्रबहादुर राई नेपाली साहित्यमा कहिल्यै नमर्ने बताउनु् भयो ।

श्रद्धान्जली सभा पछि ग्रुपकै आयोजनामा कविता साँझ कार्यक्रम समेत गरीएको छ । साँझमा दार्जिलिङ्गका कवि महेन्द्र स्याङ्वो, कमला तामाङ र दमकका कवि शिव रेग्मी प्रणतले कविता बाचन गर्नु भएको छ । कार्यक्रममा भारत दार्जिलिङ्गका १ दर्जन हाराहारीका साहित्यकार सहित नेपालका स्थापित लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको छ ।
ग्रुपको अध्यक्ष प्रकाश बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रम साहित्यकार विवश बलिभद्र कोइरालाले संचालन गर्नु भएको छ ।

See live video story by Dikesh lama

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here