राजधानी बाहिर पहिलो पटक रोवट प्रतियोगिता सम्पन्न

सन् २०५० सम्ममा चन्द्रमा र मंगल ग्रह पुग्ने लक्ष्य

0
2266

सन् २०५० सम्ममा चन्द्रमा र मंगल ग्रह पुग्ने लक्ष्य


डिकेश लामा चैत्र २, २०७४
दमक/ विज्ञान प्रविधिको क्षेत्रमा नेपालको विकासका लागि पहिलो पटक राजधानी बाहिर रोवोथन नेपाल प्रतियोगिता आज दमकमा सम्पन्न गरिएको छ ।
परिकल्पना नेपालको आयोजनामा भएको प्रतियोगितामा क्षितिज कुमार सुब्बा शेर्माको टिम पहिलो, क्याव १०१ न्यूज ओली र इहान टीम दोस्रो, यन्त्र टिम तेस्रो र जिवन सावा उत्कृष्ट सृजनशील अवधारणा रोवटमा पुरस्कृत भएका छन् । पुरस्कृत पहिलो, दोस्रो, तेस्रो र उत्कृष्ट सृजनशील रोवटलाई क्रमश ५०, २० र १०÷१० हजार नगद प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा निर्णायक नेपाल एस्ट्रोनोमिकल सोसाईटी नासोका अध्यक्ष सुरेश भट्टराईले नेपालले पनि मिहनेत गर्दै जाने हो भने सन् २०५० सम्ममा चन्द्रमा तथा मंगल ग्रहमा नेपालको उपस्थिति गराउँन सकिने बताउनु भयो । कार्यक्रमका सगुन युरोपका संयोजक तथा निर्णायक सन्तोष घिमिरेले नेपालमा यस्ता खाले प्रतियोगिताले प्रविधि क्षेत्रमा चाँडो विकास हुने बताउनु भयो । कार्यक्रममा धरान प्रविधि क्याम्पस हात्तिसार सहित ६ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा भाग लिनका लागि काठमाण्डौं इन्जिनियरिङ्ग कलेज देखि विभिन्न क्षेत्रमा अध्ययन गर्ने विधार्थीहरुको समूहले भाग लिएको कार्यक्रममा सभापति परिकल्पना नेपालका संयोजक विज्ञान लिम्बुले बताउनु भयो ।
नेपालमा रोवट प्रविधिको प्रयोग गर्नु पर्छ भन्ने अवधारण धेरै न्यून रहेकोले राज्यबाट आवश्यक सहयोग समेत नगरेको प्रतियोगितामा प्रथम हुनु भएका क्षितिज सुव्बा शेर्माले बताउनु भयो । नेपालको खास गरी राजधानी बाहिर पहिलो पटक भएको यस्ता कार्यक्रमले प्रविधि क्षेत्रको विकासमा टेवा पुग्ने बताइएको छ ।

See live video by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here