खिष्ट्रियान मिडिया सम्मेलन सम्पन्न

0
1033

नेपाली इसाईहरुको वाक स्वतन्त्रता र संञ्चार श्रेत्रमा लामोसम्यदेखि अमेरीकामा काम गर्दै आएको क्रिष्ट्रयान प्याल्टफमले काठमण्डौमा “द प्ल्याटफम” भिडिया कार्यक्रम आज समपन गरेको छ ।

नेपाली इसाई मिडियाकर्मीको सहकार्यमा “गवाही बाँड्नुहोस्, उत्साह दिनुहोस्, जसले अनन्तता प्राप्त गर्न मद्दत गरोस् “भन्ने मुल लक्ष्यका साथ विभिन्न श्रेत्रबाट नेपाली खिष्ट्यिान समुदयमा सेवा पुर्याउदै आउनुभएका विशिष्ट ब्यक्तिहरुबाट वचन भिडियो कार्यक्रम भएको प्ल्यादफर्मका अध्याक्ष आब्रम दियालीले आफ्नो फेजबुकबाट जानकारी दिएका छन् ।
कार्यक्रमा १० जाना विशेष ब्यत्तिहरुले परमेश्वरले आफ्नो ब्यत्तिगत जिवनमा गर्नुभएको “काम, आशिष, संघर्ष, विश्वासको लडाई, इसाई समाजमा पुर्याउनु भएको योगदान र भविष्यका योजनाहरु आधारित भई १५ मिनेटको प्रभावशाली प्रवचन बाड्ेको दियालीले आफ्नो भिडीयोमाफ्त जानकारी गराएका छन् ।
खिष्ट्रियान मिडिया सम्मेलन २०१८ मा ५ ओटा बुदामा विशेषरुपमा छलपल गरिएको थियो ।

विषयहरु थिए
१. मिडिया क्षेत्रबाट परमेश्वरको राज्य बिस्तारको लागि हामी सबैले आ-आफ्नो ठाउँबाट सक्दो प्रयास गरी नै रहेका छौं ।अझ प्रभावकारी रुपमा भबिष्यमा अमेरिका र नेपालमा रहनुभएका मिडिया कर्मीहरु बिच के कस्तो सह-कार्य गर्न सकिन्छ?
२. भारत र भुटानमा भएका मिडिया कर्मीहरुलाई पनि साथमा लिएर के-कस्ता काम गर्न सकिन्छ?
३. हाम्रो आवश्यकता र खाचोँहरु कसरी उपलब्ध हुन सक्लान्?
४. मिडियामा रुची भएका तर मिडिया सम्बन्धि तालिम नभएकाहरुलाई हामीले कसरी तालिमका अवसरहरु उपलब्ध गर्न सक्छौँ?
५. भविष्यमा अन्तराष्ट्रिय मिडिया सम्मेलनको आवश्यकता (सम्भावना) छ?
बिशेस छलफल गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here