अमेरिकी बिदेशमन्त्री टिलर्सन बर्खास्त

0
991
तस्बिरःबीबीसी

२९ फागुन, काठमाण्डौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट बर्खास्त गर्दै उनको ठाउँमा सीआईएका निर्देशक माइक पोम्पियोलाई नियुक्त गरेका छन् ।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले टिलर्सनलाई उनको कामको लागि धन्यवाद दिँदै नयाँ विदेशमन्त्रीले गजबको काम गर्ने विश्वास व्यक्त गरेका छन् । पूर्वविदेशमन्त्री टिलर्सन एक्जन मोविलका प्रमुख थिए । एक वर्षअघि ट्रम्पले उनलाई विदेशमन्त्री नियुक्त गरेका थिए । ट्रम्पले सीआईएको निर्देशकमा भने गिना हास्पेललाई नियुक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here