यूएस बंगालाको विमान दुघर्टनामा मर्ने संख्या ५० पुग्यो

विमानमा ३३ नेपाली सहित ७१ सवार थिए 

0
1297

विमानमा ३३ नेपाली सहित ७१ सवार थिए 

२८ फाल्गुन २०७४
काठमाण्डौं/ यूएस बंगालाको विमान अवतरणको क्रममा भएको दुघर्टनामा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । चालक दल सहित ७१ जना सवार विमान अवतरणको क्रममा  अनियन्त्रित भई त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट धावन मार्ग नजिक क्रयास् भएको हो । अवतरणकै क्रममा विमानमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या केही समय अघिसम्म ५० पुगेको विमान स्थलका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनु भयो । ३३ जना नेपाली रहेको विमान अवतरणको क्रममा सँधै दक्षिण क्षेत्र बाट अवतरण हुने भएको भए पनि यस पटक भने उत्तर तर्फबाट अवतरण गरिएको थियो । अवतरणको क्रममा धानवमार्गबाट चिप्लिएर नजिकैको फुटवल मैदानमा पुगेर आगो लागेको प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here