आइसीसी विश्वकप क्रिकेटः नेपाल अफगानिस्तानसँग पराजित, छनौटको सम्भावना भने कायमै

0
889

२६ फागुन, काठमाण्डौं । आइसीसी विश्वकप क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित भएपनि विश्वकप छनौटको सम्भावना भने कायमै रहेको छ । अर्को खेलमा जिम्बाबेसँग ८९ रनले हङकङ पराजित भएसँगै नेपालको सम्भावना कायमै रहेको हो । अबको अन्तिम खेलमा नेपालले हङकङलाई भारी अन्तरले हराएमा रनरेटका आधारमा नेपाल सुपर सिक्समा पुग्नेछ । नेपालले दिएको १९५ रनको लक्ष्य ६८ बल बाँकी छदै ४ विकेट गुमाएको अफगानिस्तानको पनि सुपर सिक्स पुग्ने सम्भावना कायमै रहेको छ । अफगानिस्तानका लागि नजिबुल्लाह जादरानले आक्रामक पारी खेले । उनि ५२ रनमा अविजित रहदा स्यामुल्ला सेनवारी पनि ८ रनमा अविजित रहे । यस्तै अफगानिस्तानका क्याप्टेन रसिद खान २१ रनमा आउट हुँदा जाभेद अहमादी, रहमान साह  र मोहमद नावी क्रमश २६, ४६ र ३४ रनमा आउट भए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सन्दिप लामिछाने र करन केसीले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको ७५ रनको मद्दतमा १ सय ९४ रन बनाएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here