शरणार्थीको खाली घरमा लागु औषध प्रयोगकर्ताको अड्डा बन्दै

नियन्त्रणमा कडाई गरिने

0
2238

नियन्त्रणमा कडाई गरिने 

२६ फाल्गुन २०७४
दमक/झापाको भूटानी शरणार्थी शिविरमा खाली बन्दै गएका घरलाई लागु औषध प्रयोगकर्ताले अड्डाको रुपमा प्रयोग गर्न थालेको पाईएको छ ।
भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर एमा ३ महिना अघि देखि खाली रहेको एउटा घरमा आज शिविर व्यवस्थापन समितिले ठूलो परिणाममा प्रयोग भएका लागु औषधहरु फेला पारेको छ । स्थानीय नागरिकले शिविर बाहिरका बसोवास गर्ने युवाहरुको जमात घर भित्र पसे पछि स्थानीय बासिन्दाले के गर्दैछन् भनेर हेर्दा सिरिन्ज प्रयोग गरिरहेको पाएकोले तत्काल शिविरका अगुवालाई खवर गरी हेर्दा ठूलो मात्रामा लागु औषधको सामाग्रीहरु फेला परेको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो । सचीव रसाईलीका अनुसार स्थानीय बेलडाँगी बजार नजिक भएकोले बजार क्षेत्रका दुव्र्यसनी युवाहरुले खाली घरलाई प्रयोग गरेको हुन सक्ने बताउनु भयो । पहिलो पटक भएको यस्ता घटनाले खाली छाप्राहरु तत्काल भत्काउनु पर्ने अवस्था आएको समेत बताउनु भयो । अब यसको नियन्त्रणमा कडाई गरिने समेत उहाँले बताउनु भयो ।

हिजो मात्र शिविर क्षेत्र नजिक बाघखोर अस्थायी प्रहरी पोष्टमा भएको नागरिक सुनवाई कार्यक्रममा अधिकांश सामाजिक अगुवाहरुले दमक ३ मा लागु औषध प्रयोग नियन्त्रण नभएको गुनासो अधिक आएको वडा अध्यक्ष नविन बरालले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here