दमक ३ मा सवै भन्दा धेरै लागु औधषको समस्या

अन्य क्षेत्रको समस्या पनि दिनानु दिन बढ्दै, समस्या सुल्झान प्रहरीलाई नागरिकको आग्रह  

0
1249

अन्य क्षेत्रको समस्या पनि दिनानु दिन बढ्दै,

समस्या सुल्झान प्रहरीलाई नागरिकको आग्रह  
डिकेश लामा/फाल्गुन २४ गते
दमक/झापाको दमक ३ क्षेत्रमा सवै भन्दा धेरै लागु औषधजन्य पदार्थको प्रयोगले समस्या ल्याएको स्थानीय अगुवाहरुले बताएका छन् । दमक वडा नं. ३ बाघखोर अस्थायी प्रहरी पोष्टमा आज भएको नागरिक सुनवाई कार्यक्रममा बोल्नेक्रममा नागरिक अगुवाहरुले सो कुरा बताउनु भएको हो । खासगरी भूटानी शरणार्थी शिविर आसपास क्षेत्रमा कुलतमा लागेका युवा जमातको हुलले समाजमा धेरै समस्या ल्याएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय दमकको माताहातमा रहेको अस्थायी प्रहरी पोष्टले कतिपय प्रयोग तथा वेचविखन गर्नेलाई समेत प्रक्राउ गर्दै छाडेको प्रति नागरिकले गुनासो समेत पोखेका छन् । यता प्रहरी नावय उपरिक्षक तथा इलाका प्रहरी कार्यलय दमकका प्रमुख दिपक गिरीले भने विग्रिएका युवालाई सुधारका लागि अभिभावकको अनुरोधमा सुधारकेन्द्रमा पठाउने गरेको बताउनु भयो ।
कार्यक्रममा दमक वडा नं. ३ का वडा अध्यक्ष नविन बराल, सामाजिक अगुवाहरु नरहरी दाहाल, तारामान भुजेल, दलबहादुर राई, तनकुमारी दाहाल, विरेन्द्र पोखरेल, शेरबहादुर बस्नेत, गणेश कुमार चाम्लिङ्ग राई, शिविर सचीव टिकाराम रसाईली लगायत १ दर्जन हाराहारीले वडाको सुरक्षा र चुनौतीबारे बताएका छन् । 

कार्यक्रममा खासगरी दमक वडा नं. ३ क्षेत्रमा मावा खोला उत्खनन्ले ल्याएको खानेपानीको र सिंचाईको समस्या, वेलडाँगी वजार क्षेत्रमा भएका अव्यवस्थित पसल, लागु औषध, मादक पदार्थको अनियन्त्रत प्रयोग, हात्ती आतंक, स्थानीय क्षेत्रमा हुने गरेका झै–झगडा लगायतका विषय वडाका मुख्य चुनौती रहेको बताइको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here