सन् २०१६ मा ३ हजार हाराहारीमा महिला सम्बन्धी घटना

भूटानी शरणार्थी चेली वेचविखन रोक्न सचेतना नाटक

0
2028

भूटानी शरणार्थी चेली वेचविखन रोक्न सचेतना नाटक

डिकेश लामा/फाल्गुन २४ गते
दमक/ विश्वमा आज महिला हिंसाका कुरा गरि रहँदा भूटानी शरणार्थी शिविर वेलडाँगीमा २ हजार ९ सय ९ वटा महिला माथि भएका घटनाहरु सार्वजनिक गरिएका छन् ।
भूटानी शरणार्थी महिला मञ्चको आयोजनामा भएको कार्यक्रममा महिला तथा बाल बालिका कार्यालय झापाकी प्रमुख इन्दिरा ओझाले सो तथ्याङक सार्वजनिक गर्नु भएको हो । महिला बेच विखन र घरेलु हिंसा न्यूनिकरणका लागि आज भूटानी शरणार्थी शिविर वेलडाँगीमा आयोजित सचेतना कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी ओझाले नेपालमा सन् २०१७ मा मानव अधिकार बर्ष पुस्तकले सार्वजनिक गरेको विवरण सार्वजनिक गर्नु भएको छ । महिला हिंसा र अपराध अन्तर्गत बलत्कार २ सय ४२, बोक्सिको आरोप ३४, बहुविवाह २ सय २२, वेचविखन ७२ र घरेलु हिंसा २ हजार २ सय १ मुख्य रहेको बताइएको छ । दर्ता नभएका र वाहिर नआएका अन्य धेरै घटनाहरु नेपाली समाजमा विदमान रहेको समेत ओझाले बताउनु भयो । झापामा यस बर्ष भएका धेरै वटा घटना र उदार कार्यक्रम समेत सार्वजनिक गर्नु भएको छ । कार्यक्रममा महिला वेचविखन न्यूनिकरणमा कार्य गर्दै आएको गैर सरकारी संस्था विश्व सेवा विस्तार संस्थाले महिला बेच विखन सम्बन्धी नम्रताको अधुरो सपना नामक नाटक समेत प्रस्तुत गरेको संस्थाकी सहायक निर्देशक मुना आचार्यले बताउनु भयो । कार्यक्रममा शरणार्थी महिला सशक्तिकरणका लागि झोला निर्माणका डोरी समेत वितरण गरिएको छ । भूटानी महिला मञ्चकी सचीव अमृता नेपालको सभापतित्वमा भएको कार्यक्रममा शिविर सचीव टिकाराम रसाईली, शिविर सुपरीवेक्षक सरेन्द्र प्रसाद दाहाल, मञ्चकी कार्यक्रम प्रमुख ममता तिवारी, बालबालिका रेखदेख केन्द्रकी अनामिका नेपाल सहित शरणार्थी रेखदेख निकाय यूएनएचसीआर, डव्लु एफ पी लगायतका पादकाधिकारीले महिला हिंसा र अपराध न्युनिकरणका लागि सार्वजनिक सूचना पार्टीमा सुझाव टाँस समेत गरेका छन् ।

महिला सशक्तिका लागि पारिश्रमिक सहितको रोजगारमा लाग्नु पर्ने

यसैगरी महिलाले गर्दै आएका विना पारिश्रमिकको सेवालाई पारिश्रमिक सहितको रोजगारमा परिणत गर्नु पर्ने झापा क्षेत्र नं. २ की प्रदेश सांसद पवित्रा निरौला खरेलले बताउनु भयो । १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आज दमक नगर पालिकाले आयोजना गरेको कार्यक्रममा सांसद खरेलले सो कुरा बताउनु भएको भएको हो । खरेलले अव महिलाहरु राज्यको हरेक निकायमा ३४ देखि ४० प्रतिशत सहभागिता भईसकेको अवस्थामा सवै सशक्त भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश सासंदहरु अर्जुन राई, महिन्द्रा सुव्बा, मेयर रोम ओली सहित नगरका शैक्षिक, राजनैतिक अगुवाहरुले महिला शसक्तिकरणका लागि शिक्षामा जोड दिनु पर्ने बताएका छन् ।
कार्यक्रममा शिक्षामा पहँुच कार्यक्रम अन्तर्गत नगर पालिकाले विपन्न परिवारका १० जनालाई साईकल वितरण समेत गरिएको छ । स्नातक तह उर्तीर्ण गरेका छात्राहरुलाई उच्च शिक्षामा सहयोगका लागि नगरले साईकल वितरण गरेको कार्यक्रमकी सभापति नगर पालिकाकी उपमेयर गीता अधिकारीले बताउनु भयो ।
ढेड दर्जन हाराहारीका विभिन्न संघ संस्थाको सहभागितामा भएको कार्यक्रमले महिला हिंसा अन्त्य र सशक्तिकरणबारे नारा र र्याली सहित नगर क्षेत्र परिक्रममा समेत गरेको छ ।
अधिकार लागि दोड


यसैबीच १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आज दमकमा अन्य स्थानमा समेत विविध कार्यक्रम सम्पन्न भएका छन् । अधिकारका लागि दौड भन्ने नाराका साथ चाइल्ड एण्ड विङ्स योथ नेटवर्कको आयोजनमा महिलाहरुको ३ किलो मिटर खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पोखराकी ललिता लामिछाने, पासाङ्ग ल्हामु शेर्पा र दिपा तामाङ क्रमश पहिलो दोस्रो र तेस्रो हुनु भएको छ । १ सय ४६ जनाको खुल्ला म्याराथुनमा उत्कृष्ट १० जनालाई प्रमाण पत्र र मेडल कार्यक्रमकी प्रमुख अतिथि दमक नगर पालिकाकी उपमेयर गिता अधिकारीले प्रदान गर्नु भएको छ ।
रक्तदान
यता अखिल नेपाल महिला संघको आयोजनामा दमक रेडक्रस हलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दमक नगर संघकी अध्यक्ष यमुना गौतम्को संयोजनमा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

भूटानी शरणार्थी शिविर वेलडाँगीमा पर्दसन गरिएको प्रत्यक्ष नाटक हेर्नुहोस 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here