राजेश पायल राईको समर धमाका डल्लास टेक्ससमा

0
1166

नमस्ते युएस डटकम अन लाईन टेलिभिजनको हार्दिक निमन्त्रणा

NamasteUS Concertनेपाली समाज टेक्सास तथा एभरेष्ट रेस्टुरेन्टको सहभागितामा NamateUS.com Online Television को पहिलो प्रस्तुतिका रुपमा आफ्नो कार्य भूमि डल्लास टेक्सास क्षेत्र आधार मानेर यस समर को रमाइलो को रुपमा नेपालीहरु माझ निकै ख्याती प्राप्त गायक राजेश पायल राई लाई प्रस्तुत गर्ने निर्णय हामीले गरेका हौ। 


नमस्ते युएस पूर्णत नेपाली कम्युनिटीमा समर्पित मिडिया हो। समाजका हरेक गतिविधिमा हाम्रो उपस्थिति हुने गरेको छ। गत २ बर्ष देखि निरन्तर हामी नपुगेको र संसारले जान्न नपाएको कुनै डल्लास टेक्सास तथा वरपरका नेपालीहरु द्वारा आयोजित कार्यक्रम छैन भन्ने हामीलाई लाग्दछ। 


नेपाली कला संस्कृतिको जगेर्ना गर्दै बिशुद्ध नेपाली मन र पनले गाउने गायक को प्रस्तुति अनि तपाईहरु कै मनोरंजनका लागि राखिएको यस कार्यक्रममा सम्पूर्ण डल्लास टेक्सास तथा वरपरका शहरमा रहनु भएको नेपाली दाजुभाई दिदि बहिनीहरुको उपस्थितिको हामीले अपेक्षा राखेका छौ। साथै उक्त दिन अन्य कुनै कार्यक्रम नराखी दिनहुन समेत अनुरोध गर्दछौ। 


राजेश पायल लाइभ कन्सर्ट
स्थान : अर्भिंग मल, Near Food Court
मिति : जुलाई १८, शुक्रबार
समय : साँझ ७:३० बजे
टिकट : $ २० मात्र

धन्यवाद,
बिकाश राज न्यौपाने
नमस्ते युएस डटकम परिवार

 

स्थान : Irving Banquet Hall ( Inside Irving Mall, near Food court)
3761 Irving Mall Dr. Irving Texas 75062  

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here