मन्त्रीको टोली शौचालयमा

0
1615

फाल्गुन २१, डिकेश लामा


दमक/ प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितको मन्त्रालय स्तरका उच्च टोलीले आज दमकका विभिन्न सरकारी निकायको शौचालयको अनुगमन गरेको छ । सामुदायिक सरकारी संस्थाको स्वास्थ्य स्तर बृद्धि गर्ने उदेश्यले दमकको दमक क्याम्पस, मालपोत, नापी, इलाका प्रहरी कार्यालय र दमक बस पार्कको शौचालय अनुगमन गरिएको टोलीमा सहभागी स्थानीय सामाजिक अगुवा हिमालयप्रसाद दाहालले बताउनु भयो ।
अनुगमनको क्रममा मन्त्री घिमिरेले शौचालय भान्सा कोठा जस्तै सफा हुनु पर्ने बताउनु भएको छ । अनुगमन गरिरहेको अधिकांश शौचालयको अवस्था अति फोहोर रहेको पाइएकोछ । अनुगमनमा देखे भेटिएका कुराहरुलाई सामाजिक विकास मन्त्रालयले आफ्नो प्रतिवेदनमा उल्लेख गर्ने टोलीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here