बौद्ध शिक्षा अध्ययन केन्द्रका लागि समिति

0
1434

२० फाल्गुन २०७४/डिकेश लामा  
दमक/झापाको दमकमा रहेको साङ्गे छ्योलिङ्ग बौद्ध गुम्बामा बौद्ध शिक्षा अध्ययन केन्द्र संचालनका लागि आज उच्च स्तरका लामा गुरुहरुको एक समिति गठन गरिएको छ ।
भारत, चिन, थाईल्याण्ड लगायत क्षेत्रमा अध्ययन तथा भ्रमण गरेर आउनु भएका आचार्य गरी सक्नु भएका लामा गुरुहरुको १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको अध्यक्षमा कुन्चोक नर्वु, उपाध्यक्षमा ढावा तासी तामाङ, सचीवमा कर्म जिग्मे तामाङ, कोषाध्यक्षमा छेसाङ तामाङ सहित १० जना इलाम तथा दमक क्षेत्रका लामा गुरुहरु सदस्य रहेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका चार अवतारी लामा गुरु प्यायुल ल्याटुल रेम्पोछेले नयाँ समितिले गुम्बालाई थप व्यवस्थित बनाएर लाने र त्यसका लागि गुरुले सहयोग गर्ने बताउनु भयो ।
समितिका पुराना सदस्यहरुले नयाँ समितिलाई गुम्बा संचालनका लागि आवश्यक सहयोग गर्ने र उपसमिति समेत गठन गरेर लाने बताइएको छ । कार्यक्रममा पूर्व अध्यक्ष हर्क माया तामाङले केही सयम अघि गुरुको आथित्यमा भएको पूजामा दानको रुपमा संकलन भएको ६० हजार ८ सय ९८ रुपयाँ रकम लामा गुरुहरुको समितिलाई हस्तान्तरण समेत गर्नु भयो । 

कार्यक्रममा गुम्बा स्थापना काल देखि विशेष योगदान दिने संस्थापक तथा सहयोग दाताहरुलाई रेम्पोछे गुरुले खादाले सम्मान समेत गर्नु भएको छ । निवर्तमान अध्यक्ष राज कुमार लामाको अध्यक्षतामा बसेको बैठकले बौद्ध शिक्षा अध्ययन केन्द्र लागि आवश्यक पूर्वाधार निर्माण गर्दै लाने गुम्बा अगुवा दिपेन लामा गोम्देनले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here