कानुनको अभावमा प्रदेश सरकारलाई काम गर्न असहजः कार्की

0
1038

१९ फाल्गुन, २०७४


चुलाचुली/ कानुनको अभावका प्रदेश सरकारले भने जसरी कार्य गर्न असहज भएको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनु भएको छ ।
इलामको चुलाचुली गाऊँ पालिकाको भवनमा आज भएको नेकपा एमालेको पार्टी प्रशिक्षण तथा स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै कार्कीले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएको कार्कीले जनताको जनादेशलाई सम्मान गर्न ५ बर्ष भित्रमा आर्थिक तथा सामाजिक विकास कुनै पनि हालतमा गरेर देखाउनु पर्ने बताउनु भयो । कार्की सवै भन्दा पहिले प्रदेश नम्बर १ मा भ्रष्टचार र अपराधलाई पूर्णरुपमा हटाएर लानु पर्ने समेत बताउनु भयो । प्रदेशको विकासका लागि कृषि, जलस्रोत, पर्यटन र स्थानीय क्षेत्रका विकासलाई प्राथमिकतासाथ जोड दिएर अगाडि बढाउने योजना तयार गर्दै गरेको बताउनु भयो ।

चुलाचुली गाऊँ कमिटिका संयोजक तथा जिल्लाका पार्टी सदस्य विन्दु लाम्घादेको सभापतित्वमा भएको कार्यक्रममा पार्टीको जिल्लाका अध्यक्ष तथा इलाम क्षेत्र नं. २ क का प्रदेशसभा सदस्य रामबहादुर राना, जिल्ला कमिटि सचीव महेश बस्नेत, जिल्ला तहका अन्य प्रतिनिधिहरुले बाम गठबन्धनलाई दिएको चुनावी परिणामलाई तल झर्न नदिन सवै कार्यकर्ताले गाऊँ तहसम्म खटेर काम गर्नु पर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा प्रदेशबाट विजयी बन्नु भएका कार्की र रानालाई बधाई तथा शुभकामना पत्र सम्मान समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here