तराईका २० जिल्लामा आज भव्यताका साथ होली मनाइयो

0
1680

https://www.youtube.com/watch?v=8JSBOJxF7c8&t=20sविविध कार्यक्रम गर्दै दमकमा होली


१८ फाल्गुन २०७४/डिकेश लामा
दमक/नेपालको तराई क्षेत्रमा रहेका २० जिल्लामा आज होली मनाइएको छ । यता झापामा विभिन्न संघसंस्थाहरुले आ–आफ्नै तवरले होली पर्व आज मात्र मनाएका छन् । सरकारले गत बर्ष देखि झापालाई पहाडसँगै गाभिएको निर्णय गरे पनि झापका नागरिकहरुले यसलाई अवज्ञा गर्दै आएका छन् ।
खासगरी दमकमा दमक जेसीज, लायन्स क्लव अफ दमक, संचारगृहहरु, व्यवसायी, साहित्यकार लगायतले बिगतका वर्षहरूमा गर्दै आएको होली मिलन कार्यक्रमलाई यसबर्षसमेत बृहत रुपले मनाएको छ ।
कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष प्रकाशप्रसाद अधिकारी, दमक जेसीजका पूर्वअध्यक्ष गञ्जबहादुर दाहाल, नेपाल भारत मैत्रीसंघ दमकका अध्यक्ष गणेश बस्नेत, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल लगायतले होली पर्वले आपसी सद्भाव अभिवृद्धि गर्ने भएकाले सौहार्द रूपमा खेल्नुपर्ने बताउनु भयो । कार्यक्रम अध्यक्ष खत्रीले वार्षिक कार्ययोजना पनि प्रस्तुत गरे । कार्यक्रममा जेसीजले मायाको चिनो समेत वितरण गरिएको महासचिव गोपाल गुरागाईले बताउनु भयो ।
शुक्रबार सरकारले बिदा नदिए पनि अधिकांश सरकारी कार्यालयहरू सुनसान बनेका छन् । सर्वसाधारण होलीमा रमेका कारण कार्यालयहरूमा कर्मचारी मात्र पुगेका छन् । होलीका कारण बजारमा रंग, अबिर, पिच्कारी जस्ता समानको कारोवारलाई बजार बन्द गरेर सडकमा निकालिएको छ । बिभिन्न युवाका समूह तथा संघ– संस्थाहरुले समेत ठाउ–ठाऊँमा ठूलाठूला साउण्ड सेट राखेर नाचनाग सहित होली मनाएका छन् ।

होलीमा रंगसँगै सिर्जना
यसैगरि दमकका साहित्यकार र युवाहरू होलीमा रंगसँगै सिर्जनामा रमाएका छन् । युथ नेटवर्क दमक र सिधा रचना वाचनले गरेको कार्यक्रममा साहित्यकारहरूले होली, वशन्त ऋतु तथा प्रेमभावका बिभिन्न रचना वाचन गरेका छन् ।
युथ नेटवर्कका अध्यक्ष सन्तोस दुलालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरू धनञ्जय बास्कोटा, शिव रेग्मी प्रणत, लोकेन्द्र बन्जरा, धनकुटे कान्छा लगायतले बिभिन्न रचना सुनाए । प्रमुख अतिथी साहित्यकार प्रकाश बुढाथोकीले होलीलाई सिर्जनशील ढंगबाट मनाउनुपर्नेमा जोड दिएका छन् ।
रंगको पैसा जेव्राक्रसमा
दमकका केही युवाहरूले भने होलीमा रंग तथा अवीरमा खर्च हुने रकम जेव्राक्रसमा खर्च गरेका छन् । हामी नामक फेसबुक समूहले दमकको गणतन्त्र चोक पूर्व पूर्व–पश्चिम राजमार्गमा जेव्राक्रस निर्माण गरेका हुन्। होलीमा हुने रमाइलोको खर्च सामाजिक काममा खर्चिएको समूहका संयोजक अशोक खड्काले बताउनु भयो ।

See live video shorts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here